arrow

नेपालमा मात्रै झण्डै १० लाख बढी मानिस बाथरोगबाट प्रताडित 

पुरुष भन्दा महिलालाई बढी 

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
bath_news.JPG

काठमाडौं। प्रत्येक तीन नेपालीमध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको अध्ययनहरुले देखाएका छन  । बाथरोग र अस्थीपञ्जर सम्बन्धी रोगहरू झण्डै २ सय भन्दाबढी प्रकारका रहेका छन् । बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अङ्ग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्ने, आदि हुने गर्दछ । 
नेपालमा मात्रै करिब १० लाख भन्दा बढी जनसंख्या यस रोगबाट पीडित भएको अनुमान गरिन्छ  । यो वर्षको विश्व बाथरोग दिवसको नारा ‘विलम्ब नगरौं, आजै गरौं सम्पर्क’ भन्ने तय गरिएको छ ।  

विश्व बाथरोग दिवस हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विश्वव्यापी रुपमा मनाइन्छ । बाथ एक प्रकारको सामुहिक रोग जसलाई आर्थराइटिस भनिन्छ । 

यसले शरिरका जुनसुकै अंगमा प्रभाव पार्ने भएकाले शरिरका कुनै पनि भाग सुन्निएर  दुख्ने,  अररो हुने, झमझम गर्ने खुटटाको बुढिऔला सुन्निएर हिड्न बस्न उठन गाहे हुने, गोलिगाठो सुन्निने भएमा बाथरोगको शंका गरी नजिकको बाथरोग केन्द्रमा जान चिकित्सकहरुले सुझाएका छन । 

जीवनशैलीमा आएको परिवर्तनका साथसाथै बाथरोगले अन्य रोगको दाँजोमा दिनानुदिन बढी भन्दा बढी व्यक्तिहरूलाई ग्रसित पार्दै आएको सरोकारवालाहरुले बताएका छन् ।

जुनसुकै उमेर समूहका मानिसहरू कुनै न कुनै बाथरोगबाट ग्रसित हुँदै आएका छन् । यो बालबालिकादेखि बृद्धबृद्धासम्म जसलाई पनि हुन सक्छ । यो महिला तथा पुरूष जसलाई पनि हुन सक्छ ।

पुरुषका दाँजोमा महिलाहरू अझ बढी यो रोगको शिकार हुने गरेको तथ्यांकले देखाएको छ । धुम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, मुटु, आँखा, छाला रोग, वंशानुगत कारण साथै केही त्यस्ता पेशा जसले जोर्नीहरूमा चोट पु¥याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसहरूमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । 
रोगप्रतिको जनचेतना बढाउने मात्रै नभएर रोग रोकथाम तथा उपचारमा शारीरिक व्यायामको महत्वबारे सवैले ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन । 

बाथरोग केवल हाडजोर्नी दुख्ने रोगमात्र नभई समयमै सही निदान  पहिचान र  उपचार नभएमा यसले मुटु, कलेजो, मृगौलाजस्ता महत्वपूर्ण अंगहरूमा असर गर्नुका साथै अंगभंग पनि गराउन सक्छ । बाथरोगका बिरामीले स्यालको मासु खाएमा, तेल आदिले मालिस गरेमा ठीक हुन्छ भन्ने भ्रममात्र भएको चिकित्सकहरुले बताएका छन ।

यसले ठीक नभई झनझन बल्झाउने भएकाले यसको लागि औषधि उपचार नै गर्नुपर्छ । चिकित्सक र बाथरोग बिशेषज्ञले कुन प्रकारको बाथ हो भनी पत्ता लगाएपछि सोहीअनुसारको औषधिउपचार गराउनुपर्छ ।

नेपालमा पहिलो पटक बाथरोग सम्बन्धी अध्ययन अध्यापन सुरु 
नेपालमा पहिलो पटक बाथरोग सम्बन्धी अध्ययन अध्यापन पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सुरु भएको छ । यो बर्षको अध्ययन अध्यापन गएको आइतबारबाट सुरु भएको प्रतिष्ठानका बरिष्ठ बाथरोग बिशेषज्ञ डा बूद्धि पौडयालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ