arrow

चारओटा लेन्स भएको रेयर क्यामेरासहितको सामसुङ ग्यालेक्सी ए९ सार्वजनिक

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
samsung-galaxy-A9.jpg

काठमाडौं । दक्षिण कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङले चार लेन्सको रेयर क्यामेरा भएको विश्वको पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । विहीबार कम्पनीले यस्तो स्मार्टफोन सार्वजनिक गरेको हो । 

विहीबार सामसुङले १२८ जीबीको इन्टर्नल स्टोरेज र ५१२ जीबीसम्मको एसडी कार्डको प्रयोग गर्न सकिने स्मार्टफोन सार्वजनिक गरेको हो । यो स्मार्टफोन कम्पनीको बिक्सबाइ भर्चुअल रियालिटी(भीआर)को प्रयोग यसमा गर्न सकिन्छ । यो स्मार्टफोन कालो, निलो र बैजनी गरी तीन रङमा उपलब्ध हुने अधिकारीहरुले जानकारी दिएका छन् । 

विश्व स्मार्टफोन व्यापारमा सबैभन्दा अगाडि रहेको कम्पनीले पछिल्लो पुस्ताका मानिसहरुको इच्छा तथा चाहनालाई ध्यानमा राख्दै यस्तो स्मार्टफोन सार्वजनिक गरेको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । सामसुङले पछिल्लो केही समययता आफ्नो केही महत्वाकांक्षी स्मार्टफोनको योजना अघि सार्दै आएको छ । विहीबार सार्वजनिक गरिएको स्मार्टफोनको विषयमा बुधबार मात्र केही विशिष्ट योजनाहरु सार्वजनिक भएको थियो । 

यो स्मार्टफोनको मुख्य रेयर क्यामेरा २४ मेगापिक्सलको रहेको छ । सामसुङले यसअघि आफ्नो ए७ मा पहिलोपटक तीन लेन्स प्रयोग गरिएको रेयर क्यामेराको प्रयोग गरेको थियो । सामसुङले ल्याएको चार लेन्ससहितको स्मार्टफोन भने विश्व बजारमा पहिलोपटक सार्वजनिक गरिएको यस किसिमको स्मार्टफोन हो । यसअघि नै हुवावे र एलजीले भने ३ लेन्ससहितको रेयर क्यामेरा भएको स्मार्टफोन ल्याइसकेका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ