arrow

अक्षय कुमारले मिटुको समर्थन गर्दै रोके 'हाउस फुल ४' को सुटिङ

#metoo , हाउस फुल ४ का निर्देशक विरुद्ध महिला हिंसाको अभियोग

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
Akshay-Kumar.jpg

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले हाउसफुल ४ को सुटिङ रद्द गरेका छन्  । चलचित्र निर्देशक साजिद खान बिरुद्ध गम्भीर यौन उत्पीडनको आरोप लागेपछि उनले चलचित्र रोकेका हुन् ।

निर्देशक साजिदबिरुद्ध बिहिबार तीन महिला अभिनेता राहेल व्हाइट, सहायक निर्शेक सलोनी चोपडा र पत्रकार करिश्मा उपाध्यायले यौन दुर्व्यवहार गरेको भन्दै नाम सार्वजनीक गरेका थिए ।


इटालीबाट बिहिबार फर्किएका अक्षयले सामाजिक सञ्जाल ट्विटरमा उनले दुर्व्यवहार दोषीसँग काम नगर्ने बताएका छन् ।

उनले ट्विटममा भनेका छन्, 'हिजो रातिमात्र  म स्वदेश फर्किएँ  र मैलै सबै समाचारहरु पनि पढेँ । मैले हाउसफुल ४ का सबै निर्माताहरुलाई आगामी अनुसन्धान नहुञ्जेलसम्मका लागि सुटिङ रोक्न आग्रह गरेको छु । यो मुद्दालाई कडारुपमा उठाउनको लागि यो आवश्यक पनि छ । म कुनै पनि  दुर्व्यवहार दोषीसँग काम गर्दिनँ र जोदुर्व्यवहारमा परेका छन्, उनीहरुको विषयमा सुनुवाई हुनुपर्छ र उचित न्याय पनि पाउनुपर्छ ।'

भारतमा महिलाहरुले आफैमाथि भएको यौन दुर्व्यवहारको घटनाहरुमा पिडकको नाम सार्वजनीक गर्दै समाजिक सजालमा आउन सुरु गरेका छन् । सो अभियानलाई #metoo नाम दिइएको छ । पछिल्लव समय नेपालमा पनि सो अभियान सुरु भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ