arrow

अमेरिकालाई पाकिस्तानी सेनाले दिएको थियो लादेनको सूचना

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
laden.jpeg

एजेन्सी । आतंककारी संगठन अलकायदा नेता ओसामा विन लादेनलाई मार्न पाकिस्तानी सरकार र सेनाले अमेरिकी सेनाको मद्दत गरेको अमेरिकी पत्रकार सेमूर हर्षले आफ्नो नयाँ किताब 'द किलिग अफ ओसामा विन लादेन' मा पाकिस्कतानले  सीआईएका  स्टेशन अफिसर जोनाथन बैंक र पाकिस्तानी सेना बीच लगातार सम्पर्क भइरहेको उल्लेख गरेका छन् । पाकिस्तानी सेनाका एक प्रमुख अधिकारीले  जोनाथन बैंकलाई भेटेर लादेन रहेको ठाँउको जानकारी दिएका थिए ।
 
 जब सीआईएले लादेनलाई मार्ने योजना बनायो र सो बारेमा पाकिस्तानी सेनालाई सम्पर्क गर्दा उक्त योजनामा पाकिस्तानी सेना समेत सहमत भयो ।  केही बर्ष पहिले अमेरिकी पत्रकार हर्षको अन्तरर्वाता पाकिस्तानी पत्रिका  'डन' ले प्रकाशित गरेको थियो ।

 'डन'लाई सेमूर हर्षले भनेका थिए- 'पाकिस्तानी सेनाको  फाइटर प्लेन आफ्नो हवाई सीमामा हुने अतिक्रमणको प्रतिउतर दिन २४ घण्टा तयारीमा रहन्छन् । यस अवस्थामा काबुलबाट  उड़ान भरेर अमेरिकी क्षेत्र एवोटावादमा लादेनलाई मारेर आफुसँग लैजान र पाकिस्तानी एयर फोर्स हेरेर बस्न कसरी संभव छ ।'
 
हर्षले भने,' उक्त समय पाकिस्तानी एयर चीफ मार्शललाई पहिले जानकारी गराइयो र चुप रहन दबाब दिइयो । उनलाई पाकिस्तानी सरकारले  रिटायरमेन्ट पछि पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको चियरमेन पद उपहार स्वरुप दिइएको थियो ।'

हर्षलाई पत्रकारहरुले तपाईको दावी वाशिंगटनले झूठो हो भनेर सोध्दा जवाफमा उनले भनेका थिए  ,'अमेरिकी सरकारले त भन्छ नै तर मेरो दावी र सुबूत झूठो हो भनेर जोनाथन बैंक त्यसको खण्डन किन गर्दैनन् ।' हर्षले भने ओसामालाई एवोटावादमा  साउदी सरकारको आग्रहमा नज़रबन्द गरेर राखिएको थियो ।
 
साउदी सरकारले पाकिस्तानसँग अमेरिकी सेनाले लादेनलाई जिउदै गिरफ्तार नगरोस भनेर पनि भनेको थियो । जब सीआईए, आईएसआई र दुबै सरकारबीच सो कुरामा सहमति भयो, - ओसामालाई अमेरिकी एजेन्ट जिउदै गिरफ्तार नगरुन् भन्दै पाकिस्तानले एवोटावाद अप्रेशनलाई ग्रिन सिग्नल दियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ