arrow

आफ्नै श्रीमतीलाई बोक्सी भन्दै कुटपिटगरी मलमूत्र खुवाउने प्रहरी खोरमा

परिवारका चार सदस्य पक्राउ

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
morang-j.jpg.jpeg
विराटनगर । आफ्नै श्रीमतीलाई बोक्सीको आरोपमा कुटपिटगरी मलमूत्र खुवाउने प्रयास गरेको आरोपमा श्रीमानसहित प्रहरीले परिवारका चार जना सदस्यलाई पक्राउ गरेको छ । मोरङ होक्लाबारी–२ मा आफ्नै श्रीमती र बुहारीलाई कुटपिट गर्ने क्षत्रबहादुर भण्डारी, रोशन भण्डारी, मन्दिका भण्डारी र जानुका कोइरालालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अभिचन्द्र रिजालले बताए ।  
 
परिवारका सदस्यले धामीझाँक्री लगाएर बोक्सी प्रमाणित गर्न खोज्दै मलमूत्र खुवाउने प्रयास गरेको इलाका प्रहरी कार्यालय रंगेलीमा पीडित यशोदा डोटेल भण्डारीले जाहेरी दिएपछी  उनीहरु पक्राउ परेका हुन् । मन्दिका र जानुकालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको छ । स्थानीय जानुका कोइरालाले सुनसरीको इटहरीबाट झाँक्री ल्याएर टुनामुना गरेको भन्दै पीडितलाई मलमुत्र खुवाउने सामूहिक प्रयास गरेको उजुरीमा उल्लेख छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ