arrow

के विश्वभरी ४८ घण्टा इन्टरनेट बन्द हुन्छ? भ्रम कि सत्य

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
internet-.jpg

नयाँ दिल्ली। तपाईंलाई ४८ घण्टासम्म इन्टरनेटबाट बञ्चित गराईदिने हो भने कस्तो महसुश होला? यस्तो कल्पना अहिलेका धेरै मानिसहरुले गर्नै सक्दैनन्। किनकी ईन्टरनेटसँग मानिसहरुको यति साईनो जोडिएको छ कि दुई दिन त के दुई घण्टा मात्रै इन्टरनेट बन्द भयो भने मानिसहरुमा छटपटि सुरु हुन सुरु भएको छ। 

रसियाको पत्रिकाले सार्वजनिक गरेको एक रिपोर्टले विश्वभरी ४८ घण्टाको लागि विश्वभर ईन्टरनेट बन्द हुने हल्लाले विश्वभरका मानिसहरुमा नयाँ त्रास सिर्जना भएको छ। रसियाको एउटा पत्रिकाले तयार पारेको रिपोर्टका अनुसार केही मर्मतको काम गर्नु पर्ने भएकोले २ दिनसम्म विश्वभर इन्टरनेट बन्द हुने भएको छ।

रसिया टुडेको सो रिपोर्ट अनुसार इन्टरनेट कर्पोरेशन अफ असाइन्ड नेम्स एण्ड नम्बर्सले क्रिप्टोग्राफिकलाई बदल्नको लागि केही मर्मत सम्बन्धी काम गर्नुपर्ने भएकोले दुई दिनको लागि बन्द हुनसक्ने बताईएको छ। तर कहिलेदेखि भन्ने विषयमा भने केही उल्लेख गरिएको छैन।

यसको कारण विश्वभर ईन्टरनेटको मुख्य डोमेन सर्भर तथा यसमा जोडिएको नेटवर्कको पूर्वाधार केही समयको लागि डाउन हुने बताईएको छ। सो पत्रिकाले यस्तो रिपोर्ट बनाएको भएपनि यो मर्मत सम्बन्धी कामले एक प्रतिशत मात्रै प्रयोकर्ताहरुलाई असर पर्नसक्ने बताईएको छ। 

यदि यसरी ४८ घण्टा ईन्टरनेट बन्द भयो भने फेसबुक ट्वीटर जस्ता सामाजिक सञ्जाल पनि चलाउने मुस्किल हुने छ। तर, यो समस्या केवल बढीमा एक प्रतिशतलाई मात्रै हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ। 

रिपोर्टमा भनिएको छ कि यदि कुनैपनि युजर्सको नेटवर्क अपरेटर्स या इन्टरनेट सर्विस प्रोवाइडर्स यो प्रविधि बदल्न तयार भएन भने केही प्रयोगकर्ताको लागि भने पछि पनि समस्या सिर्जना हुने मानिएको छ। जबकी उचित सिस्टम सिक्युरिटी एक्सटेन्शन्सलाई इनेबल गरेर यसको प्रभावबारे नजर अन्दाज मात्रै गर्न सकिन्छ। 

यसरी भ्रम धेरै हुन थालेको भन्दै यसलाई खण्डन गर्दै आईसीएएनएनले विज्ञप्ती नै निकालेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ