arrow

डराए प्रचण्ड : भने- ‘मोदी अझै ओलीलाई केरकार गर्दै छन्, नाकाबन्दी हल हुँदैन’

बुढेसकालमा कम्युनिष्ट पार्टी छाडेर बाबुराम भट्टराईले वैचारिक अपराध गरे

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
dahal-new-class.jpg.jpeg
काठमाडौँं  । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा राखेका भनाइलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खण्डन गरेकाले नाकाबन्दीको समस्या समाधान हुनेमा ढुक्क हुन नसकिने बताएका छन् । 
 
पार्टीको काठमाडौँ जिल्ला कमिटीले गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला भारतीय समकक्षी नरेन्द्र मोदीले राखेको विचार र उहाँको हाउभाउले नेपालको सङ्कट सकिएको जस्तो लाग्दैन, नाका सहज हुन सक्नेमा अझै ढुक्क हुन सकिँदैन, दबाब र निर्देशनका आधारमा स्वतन्त्रतालाई बन्धकी राखिन्न ।’
 
पार्टीलाई सबैभन्दा ठूलो नबनाएसम्म प्रधानमन्त्री र राष्ट्रपति कुनै पनि पद नलिने घोषणा पनि दाहालले गरे । बुढेसकालमा कम्युनिष्ट पार्टी छाडेर बाबुराम भट्टराईले वैचारिक अपराध गरेका दाहालको आरोप  छ । दाहालले थपे, ‘असोज ३ गते संविधान नबनाउन बाबुरामजीले धम्की दिनुभएको थियो, लागू नभएपछि लगत्तै पार्टी छाड्नुभयोे ।’  
 
माओवादी ३ नम्बर प्रदेश इन्चार्ज एवम् पोलिटब्युरो सदस्य लीलामणि पोखरेलले स्वतन्त्र राष्ट्रले जनताबाट निर्वा्चित ठूलो सङ्ख्याका प्रतिनिधिले संविधान जारी गर्दा लागेको नाकाबन्दीले सात खर्बको क्षति व्यहोरेकाले यस्तो घटना दोहोरिन नदिन सबैको ध्यान जानुपर्ने आवश्यकता औँल्याए । प्रशिक्षणमा काठमाडौँका १० नगरपालिका र महानगरपालिकाका २०९ वडाका गरी दुई हजार २०० अगुवा कार्यकर्ताको सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ