arrow

पैसा नभएर रोग पाल्न बाध्य प्रदेश १ का गरिव असाहयका लागि नि:शुल्क शल्यक्रिया

logo
प्रकाशित २०७५ असोज २७ शनिबार
press1.jpg

धनकुटा । गरिव असाहय र पहुच विहिनहरुका लागि धनकुटा अस्पतालमा नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविर संचालन हुने शनिबार पत्रकार सम्मलेनमा जानकारी गराइएको छ ।

 पैसा नभएर रोग पालेर बाच्न बाध्य भएका १ नम्वर प्रदेशभरका गरिव असाहय र पहुच विहिनहरुको नि:शुल्क शल्यक्रिया गर्ने उदेश्यले कार्तिक ५ गते देखी कार्तिक १७ गते सम्म धनकुटा अस्पतालमा संचालन गरिने नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरमा मेजर ,माईनर र दातको गरी करिव १ हजार ३ सय जतीको नि:शुल्क शल्यक्रिया हुने  लक्ष्य लिइएको पत्रकार सम्मेलनमा नि:शुल्क वृहत शल्यक्रिया स्वास्थय शिविरका संयोजक रोशेष श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिए।

  पत्रकार सम्मेलनमा वृहत नि:शुल्क शल्यक्रिया प्रचार प्रसार समितिका संयोजक  राजेश्वर वहादुर श्रेष्ठ, स्वयसेवक परिचालन समितिका संयोजक विजय सन्तोषी राईले शिविरको वारेमा जानकारी दिदै विदेशी तथा स्वदेशी विशेषज्ञ डाक्टरहरुले महिलाहरुको पाठेघर,हर्निया,पायल्स,पितको पन्थरी,गाठागुठीको शल्यक्रिया र दातको उपचार गरिने वताए ।
 
पत्रकार सम्मेलन नि:शुल्क वृहत शल्यक्रिया स्वास्थय शिविर आयोजक समितिका संयोजक रोशेषको अध्यक्षतमा सम्पन्न भएको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ