arrow

एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा, नवयुग चम्केनन्, विकेशले गोल खाए

आर्मी क्वार्टरफाइनलबाटै बाहिरियो

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
foot.jpg.jpeg
विराटनगर । विभागिय टिम त्रिभुवन आर्मीलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मीलाई  १–० गोल अन्तरले पराजित गर्दै एपीएफले सेमिफाइनल यात्रा तय गरेको हो । एपीएफलाई विजयी गराउन क्याप्टेन गणेश लावतीले निर्णायक गोल गरे । उनले श्याम नेपालीले दिएको क्रस पासलाई हेड गर्दै गोल गरेका हुन् । नेपाली ८२औ मिनेटमा टोप विष्टको बदलामा मैदान छिरेका थिए । 
 
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि अतिरिक्त २० मिनेट थप गरिएकामा अतिरिक्त १०औं मिनेटमा एपिएफका गणेश लावतीले गोल गर्दै जित सुनिश्चित गरे ।  मध्यान्तर सम्म दुवै टिमले आक्रामक खेल पस्केपनि गोल गर्न सकेनन् । मध्यान्तरपछि आर्मीलाई एपीएफले दबावमा राखेको थियो । मध्यान्तरपछि एफिएफले गोल गर्ने थुप्रे अवसर गुमाउँदा अन्तिम सम्म कुर्न बाध्य भयो । 
 
१५आंै मिनेटमा एपीएफका प्रविण सयाङगीले दिएको पासलाई गणेश लावतीले गरेको प्रहार आर्मीका गोल किपर विकेश कुथुले पञ्च गरेर बचाए । ८२औं मिनेटमा आर्मीका भरत खवास वान भर्सेज वानमा गोल गर्ने अवसरबाट चुके । खेल अवधिभर आर्मीका गोल रक्षक निकै व्यस्त रहे । 
 
खेलमा  पराजित भएपछि आर्मीका मेघराज केसीले छोटो समयमा धेरै प्रतियोगिता खेलेको र खेलाडीहरु घाइते भएकाले सोचेजस्तो खेल पस्कन नसकेको बताए । यता, विजयपछि एपीएफका प्रशिक्षक जनक सिंहले सुरुवाती अवस्थामा मै खेल आफनो पक्षमा पार्नु पर्ने भएपनि गोल गर्न नसक्दा नतिजाका लागि अन्त्य सम्म कुर्नु परेको बताए ।
 
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा कीर्तिमान बनाएका नवयुग श्रेष्ठ चम्किन सकेनन् भने रक्षापंक्तिका विकेशले गोल खाए । जसले आर्मी क्वार्टरफाइनलबाटै बाहिरिन बाध्य भएको छ ।मंगलबारको अन्तिम क्वार्टरफाइनल खेल अन्तर्राष्ट्रिय खेलाडी समेटिएको मनाङ मस्र्याङदी र नेपाल पुलिस क्लवबीच हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ