arrow

राष्ट्रिय फुटबल टोली दुई वर्ष थन्किने, ‘अन्तर्राष्ट्रिय खेल तालिका छैन’

२०१७ काे साफ अबको अन्तर्राष्ट्रिय सहभागिता

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
nepal-national-teem.jpg.jpeg
काठमाडौं । २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि खडेरी तोडेको नेपाली फुटबल टोली अब दुई वर्ष थन्किने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागि नहुने भएको छ । एएफसी तथा फिफाको आयोजनामा हुने ठूला प्रतियोगितामा नेपालको सिनियर टोलीले सहभागिता जनाउन नपाउने भएको हो । यो नेपाली टोलीमाथिको प्रतिबन्ध नभई अन्तर्राष्ट्रिय खेल तालिकामा नपरेको नतिजा हो । 
 
अखिल नेपाल फुटबल संघ एन्फाले कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना नगर्ने भएको छ, भने एएफसी र फिफाको अन्तर्राष्ट्रिय खेल तालिकाभित्र नेपाल पर्ने भएकाले मुलुकभित्रै थन्किने अवस्था आएको छ । नेपाली टोलीले गत वर्ष भएको विश्वकपमा छनोट हुन नसकेपछि करिब दुई वर्षसम्मको लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाउने भएको हो । अहिलेसम्मको खेल तालिका हेर्दा १२औं संस्करणको दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपबाहेक नेपालले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग नलिने उल्लेख छ । प्रत्येक दुई–दुई वर्षमा हुने साफ च्यापियनसिपको ११औं संस्करण यसै वर्ष भारतमा सम्पन्न भएको थियो ।  
 
साफमा नेपालले श्रीलंकासंग १–० को हार बेहोर्दै घर फर्किएको थियो । १२औं  संस्करणको साफ च्याम्पियनसिप भने सन् २०१७ को अन्तिममा बङ्गलादेशमा हुनेछ, त्यो नै नेपालको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । तर अर्को वर्ष बङ्गलादेशमा नै हुने बङ्गबन्धु गोल्डकपमा भने साविक विजेताका रुपमा नेपाललाई बोलाउन सक्ने सम्भावना भने प्रवल छ । गत माघमा बङ्गलादेशमा भएको बङ्बन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले उपाधि उचालेको थियो ।  
 
यस्तै, भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबल खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २३ वर्षपछि स्वर्णपदक जित्यो ।  नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएपछि घरेलु प्रतियोगितामै चित्त बुझाउनु पर्ने छ । 
अन्तर्राष्ट्रिय प्रतियोगिता नभए पनि राष्ट्रिय टोलीलाई फुटबल खेलमा सक्रिय बनाइराख्न विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना गर्ने एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले बताए । 
 
श्रेष्ठले भने, ‘फुटबल खेल अहिले फस्टाइरहेको छ अझ यसलाई व्यवस्थापन गर्नका लागि जापानी प्रशिक्षकसँग कुरा गरिरहेका छौँ ।’ राष्ट्रिय सिनियर टिममा अहिले प्रशिक्षकको सिट खाली छ । अध्यक्ष श्रेष्ठले आगामी मार्चमा मैत्रीपूर्ण फुटबलका लागि मलेसियासँग समेत कुरा भइरहेका सुनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ