भीमदत्तनगर। घाँस काट्न वनमा गएका बेला आज बाजुरामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
आज बिहान रुगिन–९ का २४ वर्षीया छना लुहारको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
घाँस काट्न गएको अवस्थामा लुहार स्थानीय सुप खोलाको माथिल्लो भीरबाट करिब तीन सय मिटर तल खसेकी थिइन् ।