arrow

स्वस्थानी व्रत सम्पन्न

logo
कमल प्रजापती
प्रकाशित २०७२ फागुन १० सोमबार
Swasthani_2016_hamrakura.jpg.jpeg
काठमाडौं। साँखुमा गत माघ १० गतेदेखि सुरुभएको स्वस्थानी व्रत तथा श्री माधवनारायणको मेला आज सम्पन्न भएको छ। श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिको संयोजनमा विधि विधानपूर्वक अश्वमेघ यज्ञ तथा व्रत गरिरहेका व्रतालुलाई पूजा गराई मेला समापन गरिएको हो। 
 
यज्ञका लागि अघिल्लो दिन ३३ कोटी देवतालाई निमन्त्रणा गरी स्थानीय तारा तीर्थ, शालीनदी, पञ्चमहालक्ष्मी तीर्थलगायत स्थानबाट जल ल्याई पूजा तथा होम गर्ने प्रचलन रही आएको समितिका पूर्वअध्यक्ष जयराम श्रेष्ठले जानकारी दिए। त्यसैगरी त्यहाँ व्रत बसेका २२८ व्रतालुले १०८ बेलपत्र तथा जौ, तीललगायतका सामग्री सङ्कलन गरी पूजा समापन गरेका हुन्। मेला अवधिभर २० लाख भक्तजनले मेला भरेका उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ