arrow

कसरी भएको थियो दूर्गाको उत्पत्ती

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
ma-durga.jpg

काठमाडौं। राक्षसहरुको अत्याचारका कारण आजित भएका देवताहरुले आफ्नो समस्याको बारेमा जब ब्रह्माहरुलाई सुनाएका थिए कि त्यससँगै उनीहरुले ब्रह्मालाई यो पनि सुनाए कि दैत्यराजलाई यो वर प्राप्त भएको छ कि उसको मृत्यु कुनैपनि कुमारी कन्याको हातबाट मात्रै हुनेछ। त्यसपछि सबै देवताहरुले आफ्नो आफ्नो तेजबाट सुशोभित एक कन्याको उत्पत्ती गराए। यिनै कन्याको नाम हो दूर्गा हो। समग्र तेजबाट उनको शरीर बन्यो यही सबै भगवानको तेजले यिनको एकएक अंग बन्यो।

भगवान शंकरको तेजबाट देवीको मुख प्रकट भयो, यमराजको तेजबाट मस्तिस्कको केश, विष्णुको तेजबाट हातहरु, चन्द्रमाको तेजबाट स्तन, इन्द्रको तेजबाट कमर, वरुणको तेजबाट जंघा, पृथ्वीको तेजबाट नितम्ब, ब्रह्माको तेजबाट चरण, सूर्यको तेजबाट दुबै खुट्टा बनेको थियो।

फेरि त्यसैमाथि शिवजीले त्यो महाशक्ति देवीलार्इ आफ्नो त्रिसुल दिए। लक्ष्मीले कमलको फूल, विष्णुले चक्र, अग्निले शक्ति वा बाणले भरिएको धनुष, प्रजापतिले स्फटिक मणिको माला, वरुणले दिव्य शंख, हनुमानले गदा, शेषनागले मणिले सुशोभित नाग, इन्द्रले वज्र, भगवान रामले धनुष, वरुण देवले तीर, ब्रह्माले चार वेद तथा हिमालय पर्वतले सवारीको लागि सिंह प्रदान गरे।

यसको अतिरिक्त समुद्रले बहुत उज्जवल हार दिए, कहिलै नच्यातिने दिव्य वस्त्र, चूडामणि, दुर्इ कमण्डलु आदि दिए। यी सबै बस्तुलार्इ देवीले आफ्नो १८ हातमा राखेकी छिन्। 

माता दुर्गा यस सृष्टिको आद्य शक्ति अर्थात् आदि शक्ति हो। पितामह ब्रह्मा, भगवान विष्णु तथा भगवान शंकरले उनकै शक्तिको प्रभावले सृष्टि, उत्पत्ति, पालन(पोषण तथा संहार गर्नेगरेका छन्। अन्य देवतासमेत उनैको शक्तिबाट शक्तिमान भएर सारा कार्य गर्नेगरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ