arrow

बीगबोसभित्र मारपीट, घरबाट निकाल्ने चेतावनी दिए सलमान खानले, काजोल पनि झुल्किन्

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
salman1.jpg

काठमाडौं । भारतीय मनोञ्जन टेलिभिजन कलर्सको श्रृंखला बिग बोस १२ को २७ दिन पुग्दा मारपीट भएको छ । यो मारपीटबाट उत्तेजित हुँदै कार्यक्रम संचालक सलमान खानले घरबाट निकालिदिने धम्की दिएका छन् । 

अब कुनै शारीरिक मनमुटाब भए घरबाट निकालिदिने भन्दै सलमानले चिन्ता व्यक्त गरेका छन् । 

उनले भनेका छन्, ‘अब आइन्दा यस्तो भयो भने तुरुन्तै बिग बोसबाट निकालिनेछ । 

गत हप्ता मुख चलाउँदा चुलाउँदै प्रतिस्पर्धीले हातखुट्टा नै चलाएका थिए । यसप्रति शनिबार सलमानले सृष्टि र सबालाई चेतावनी दिए । 

सुरुवाती दिनमा आक्रामक देखिएका भारतीय पूर्व क्रिकेटर श्रीसन्तको भने सलमानले तारिफ गरेका छन् । 

सलमानले दुव्र्यवहार गर्नेलाई भनेका छन्, ‘दर्शकलाई यो सबै देख्न मन पर्दैन जो लात्ती हानिरहेका छन्, बक्सिङ हानिरहेका छन्, म यस्तो कार्यक्रमको हिस्सा बन्न चाहन्न, यस्तो लडाइँ बन्द होस् ।’

बिग बोसमा शनिबार दीपकले श्रीसंतका बारेमा एक भावूक गीत गाउँदै क्रिकेटमा राम्रो गर्न खोज्दा पनि आफूमाथि आरोप लागेको सुनाए ।

शनिबार बलिउड नायिका काजोल पनि आएकी थिइन् । काजोल र सलमानले करण अर्जुन, प्यार किया तो डरना क्या, कुछ कुछ होता है लगायतका चलचित्रमा स्क्रिन सेयर गरेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ