arrow

यसकारण आउनसक्छ पतिसँगको सम्बन्धमा दरार

logo
प्रकाशित २०७५ असोज २८ आइतबार
husband-tired-from-wife.jpg

 काठमाडौं । पतिपत्नीको सम्बन्ध कहिले झगडा त कहिले मिलनमा नै बित्ने गरेको छ । समयसमयमा झगडा पर्नु पतिपत्नीको बीचमा समस्याको कुरा त होइन । तर त्यही समस्यालाई तपाइँले धेरै बेवास्ता गर्नुभयो भने चाहिँ स्थिति भयावह बन्न सक्छ ।

 तपाइँ आफ्नो पतिसँग कहिलेकाहिँ कडा व्यवहार गर्नुभयो भने उ स्वभाविक रुपमा डराउने गर्दछ । अर्थात् पतिले गल्ती गरेको समयमा मात्रै तपाइँले पतिलाई खबरदारी गर्न सक्नुहुन्छ । तर, दिनदिनै विविध विषयमा बढी कचकच भइरह्यो भने एक दिन उसको मन परिवर्तन हुनसक्छ । अर्थात् सम्बन्ध टुट्न सक्छ ।
 
हामी जसलाई माया गर्छौं उसको लागि केही त अवश्य पनि गर्न सक्नुपर्छ । विवाहको बेला गरिएका शर्तहरु दुवैले निभाउन सकेको खण्डमा मात्र सम्बन्ध बलियो बन्न पुग्छ ।  त्यसैले तपाइँले आफ्नो पतिलाई रिझाउने नाममा पतिलाई अनावश्यक दबाब दिने र अनावश्यक विषयमा चासो देखाउने  काम गर्नुहुँदैन ।

त्यस्तै पतिपत्नीबीच घरायसी विषयमा कुरा हुनु आवश्यक हुन्छ । तर यस विषयमा सानोतिनो विवाद निकालेर झगडा गर्ने गर्नु हुँदैन। तर घरायसी विषयमा तपाइँहरुबीच कुरा भएन र आगामी दिनको बारेमा छलफल भएन भने पनि बुझ्नुहोस् कि तपाइँहरुको सम्बन्धलाई यसले समस्या पार्न सक्छ ।
 
त्यसैले आफ्नो घरायसी कामको बारेमा जायज कुराहरु पनिसँग राख्नु राम्रो हुन्छ। तल बुँदागत रुपमा उल्लेख गरिएका विषयहरुमा ध्यान दिई पतिसँगको सम्बन्ध बलियो बनाउन सकिन्छ -
 
१. तपाइँले आफ्नो अफिसको काम सकेर आएपछि पतिलाई चाहिँ सुख दिन्छु भनेर सोच्नु भएको छ भने त्यो तपाइँ गलत गरिरहनुभएको छ । आफ्नो पतिलाई सुख दिनु त ठीक हो । तर, सुख दिने नाममा तपाइँको पतिको बानी भने विग्रिरहेको हुन्छ । जसले तपाइँलाई परेको समयमा पनि पतिबाट सहयोग पाउनुहुन्न । जसका कारण तपाइँहरुको सम्वन्धमा दरार उत्पन्न हुनसक्छ ।
 
२. के तपाइँ घरका हर काम आफैं गर्ने गर्नुभएको छ ? आफ्ना पतिलाई आराम गराएर आफू एक्लै काम गर्ने भन्दा पनि जुनसुकै काम पनि सँगसँगै सम्पन्न गर्नाले तपाइँहरुबीचको प्रेम प्रगाढ बन्न सक्छ ।
 
३. तपाइँहरुबीच कहिलेकाहीँ झगडा हुँदा तपाइँले पतिको विगतका गल्तीहरु कोट्याउने गर्नुभएको छ ? यदि छ भने त्यसो नगर्नुहोस् । पुरानो नराम्रो कुराले गर्दा तपाइँहरुबीचको दूरी झनै बढ्न सक्छ ।
 
४. यदि पतिको बारेमा तपाइँलाई सबै कुरा थाहा छ र तपाइँको बारेमा पतिलाई केही पनि थाहा छैन भने तपाइँले धेरै आफ्नाकुराहरु आफ्नो पतिसँग नलुकाउनुहोस् ।
 
५. यदि आफ्नो पति ढिला घर आउने, अरुसँग नै मस्तीगर्ने, रक्सी पिउने, तथा आफ्नो घर भन्दा टाढा नै धेरै समय बिताउने गरेका छन् भने यसमा तपाइँले खबरदारी गर्नै पर्छ ।
 
६. के तपाइँले खर्चमा कडाइ नगर्दानगर्दै पनि तपाइँसँग आफ्नो व्यक्तिगत खर्चको लागि पतिले पैसा माग्ने गरेका छन् ? यदि यस्तो हो भने तपाइँले यस विषयमा सोच्दै गर्नुस् कि तपाइँको पति अन्त बाहिरै रमाउन थालेका हुनसक्छन् । यस विषयमा ध्यान दिन सकियो भने पतिपत्नीको सम्बन्ध एकदमै सुमधुर हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ