arrow

दशैंको पूर्वसंध्यामा योगीको जिन्दगानी गीत

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
yogi.jpg

काठमाडौं । पत्रकार शिवराज योगी गीतकारका रुपमा प्रस्तुत भएका छन् । आइतबार मात्रै उनको जिन्दगानी बोलको गीत सार्वजनिक भएको छ । योगीको गीतमा चर्चित गायक शिशिर योगीले आवाज दिएका हुन् । 

२०५९ सालतिर गोरखापत्रमा आवद्ध भएर टोडीमा रहँदा लेखेका शब्द गीतका रुपमा सार्वजनिक भएको योगीले बताए । 

गीतमा  चर्चित संगीतकार अर्जुन नेपालीले संगीत भरेका छन् भने  गीतको म्युजिक भिडियोमा विनोद, प्रविन, कुसुम र सन्दिपले अभिनय गरेका छन् ।

दिपेश उपाध्याय,  विजयी र केशवले गीतको भिडियो उच्च प्रविधियुक्त क्योरा प्रयोग गरेर छायांकन गरेका हुन् । मकवानपुरको चित्लागड, ललितपुरको गोदावरी हुँदै काठमाडौैंको वशन्तपुरका रमणीइ दृश्य गीतमा कैद गरिएका छन् । 

सेती नदीको छेवैमा अस्तित्वहीन द्वारी खोला  मिसिए बगेझैं  जिन्दगीको यात्रा पनि निरन्तर चल्नु र चलाउनु नियति हो भन्ने आसयको गीतको भिडियो सम्पादन  गिरिजा केसीले गरेका हुन् ।  

म्यूजिक भिडियोको निर्देशन भक्त पौडलले गरेका छन्  भने साथी मिडिया प्रालिले भिडियो निर्माण गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ