arrow

विश्व हात धुने दिवस : स्वच्छताको अभावले वर्षेनी विश्वभर १४ लाख बालबालिकाको मृत्यु

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
hat_dhune.JPG

काठमाडौं । ‘सफा हात मेरो स्वास्थ्यको आधार’ भन्ने नाराका साथ सोमबार विश्व हात धुने दिवस मनाइँदै छ । ११औँ विश्व हात धुने दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । 

हरेक वर्षको अक्टोवर १५ मा विश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यो दिवस मनाउन शुरु गरिएको हो । 

यो वर्ष विश्व हात धुने दिवस  हात धुने र खानाबीचको सम्बन्धमा केन्द्रीत रही खाद्य स्वच्छता र पोषणसँग सम्बन्धित छ । यो पल्टको नाराले हरेक पटक खाना खानु, खुवाउनु र बनाउनु र खानेकुरा दिनु अगाडि साबुन पानीले हात धुने कार्यलाई सम्झाउने छ । यो दिवसको महत्व भनेकै खानालाई सुरक्षित राख्नु र विभिन्न रोगहरुको रोकथाम गर्नु हो । 

विश्वमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको अभावमा ५ वर्ष मुनिका १४ लाख बालबालिकाको झाडापखाला र निमोनिया जस्ता रोगका कारण मृत्यु हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ