मन्त्री बस्नेत भन्छन् – बजेट आएको भर्खरै मात्र हो, सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो
प्रकाशित २०७५ असोज २९ सोमबार
716
Shares
गोरखा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताएका छन् ।
गोरखाको भिमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले सरकारका विरुद्ध भ्रम फैलाउने काम भएको बताए ।
“अहिले केही सञ्चारमाध्यम र राजनीतिक दलले सरकारले काम गरेन भनेर लान्छाना लगाउने काम भएको छ”, उनले भने, “बजेट आएको भर्खरै मात्र हो, विकासको काम प्रक्रियामा हुन्छ ।”
मन्त्री बस्नेतले स्थानीय तहले ल्याएका बजेट कार्यान्वयनको प्रक्रिया रहेको बताए ।
पछिल्लो समयमा सरकारले जथाभावी कर वृद्धि गरेको भन्ने चर्को आलोचना भइरहेको भन्दै मन्त्री बस्नेतले कर उठाउने काम नियमित र कानून सङ्गत नै भएको दाबी गरे ।