arrow

आयरल्याण्डमा ट्वीटरमाथि अनुसन्धान सुरु

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
twitter.jpg

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमाथि आयरल्याण्डमा अनुसन्धान सुरु भएको छ । आयरल्याण्डका गोपनीयताको नियामकहरुले ट्वीटरमाथि अनुसन्धान सुरु गरेका हुन् । 

ट्वीटरले आफुनो लिंक–सर्टेनिङ प्रणालीका गरेर विवरणहरु चोरी गर्ने गरेको विषयमा अनुसन्धान सुरु गरिएको हो । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार पछिल्लो समय ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुको विवरणहरु लुकाइरहेको हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरिएको हो ।

बेलायती प्रोफेसरको आग्रहमा यस किसिमको अनुसन्धान सुरु गरिएको हो । ट्वीटरले भने आफूले कुनै गलत काम नगरेको दाबी गरेको छ । विश्लेषकहरुले निजी म्यासेज पठाउँदा पनि ट्वीटरमा गोपनीयताको जोखिम रहेको बताएका छन् । 

सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक र ट्वीटर दुवैले निजी म्यासेजमा पठाइएको लिंकहरुको विवरणहरु संकलन गरिरहेको भन्दै आरोपहरु खेपिरहेका छन् । यद्यपि उनीहरुले गलत केही नगरेको भन्दै आफ्नो बचाउ गर्दै आइरहेका छन् । एजेन्सी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ