arrow

बिल गेट्सका साथी माइक्रोसफ्टका सह–संस्थापक एलनको निधन

logo
प्रकाशित २०७५ असोज ३० मंगलबार
paul-allen.jpg

काठमाडौं । बिल गेट्ससँग मिलेर माइक्रोसफ्ट स्थापना गरेका माइक्रोसफ्टका सह–संस्थापक पल एलनको ६५ वर्षको उमेरमा निधन भएको छ । नन–हड्किन्स लिम्फोमा नामक क्यान्सरबाट उनको निधन भएको हो । 

सन् २००९ देखि यो रोगबाट पीडित एलनले आफूलाई लागेको रोगका बारेमा दुई हप्ताअघि मात्रै सार्वजनिक गरेका थिए । 

एलनले आफ्नो वेबसाइटमा डाक्टरहरु उपचारप्रति आशावादी रहेको बताएका थिए ।

एलनको निधनपछि बिल गेट्सले  ‘मेरो पुरानो तथा नजिकको साथीको निधनले म स्तब्ध भएको छु’ भनी प्रतिक्रिया दिएका छन् । 

एलन र गेट्स विद्यालयकालदेखिका साथी थिए । उनीहरुले मिलेर प्रविधि क्षेत्रको जाइन्ट बन्न सफल माइक्रोसफ्ट सन् १९७५ मा स्थापना गरेका थिए ।

एलनले सन् १९८३ मा ब्लड क्यान्सर भएपछि कम्पनी छोडेका थिए । 

ब्लड क्यान्सरबाट मुक्त भएपछि भने सन् १९८६ मा एलनले भाल्कन नामक कम्पनी स्थापना गरेका थिए 

एलनले उनकी पत्नीमार्फत परोपकारी कामका लागि दुई बिलियन बढी डलर खर्च गरेका थिए ।

In the beginning: He founded Microsoft with Bill Gates, his childhood friend who he convinced to drop out of Harvard to start the company (Gates and Allen above in the 1970s)

Paul Allen and Bill Gates at an 1987 event

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ