arrow

नेपालमै पहिलो पटक झापा र सुनसरीका विद्यालयहरुमा पाइलट प्रोजेक्ट आँखा शिविर   

logo
युबराज रेग्मी
प्रकाशित २०७५ असोज ३० मंगलबार
aakha-jach.jpg

झापा । अर्बिस इन्टरनेसनल अमेरिकाको सहयोग अन्तर्गत नेपाल नेत्रज्योति संघ काठमाडौ र मेची आँखा अस्पताल बिर्तामोड झापाको साझेदारीमा त्रिवर्षीय आँखा परिक्षण परियोजना रिच भन्ने विद्यालय आँखा जाँच कार्यक्रम नेपालमा पहिलो पटक झापा र सुनसरि जिल्लामा  सन्चालन हुँदैछ ।   

६ देखि १८ बर्ष उमेर समूहका विद्यार्थीको आँखा जाँच गरिने उक्त परियोजना सन ्२०१८ देखि सन्  २०२१ सम्म सन्चालन गरिने छ । कार्यक्रममा सन् २०१८ मा ३३ हजार र ३ वर्षभित्रमा २ लाख ५० हजार विद्यार्थीको आँखा परिक्षण गरिने लक्ष्य रहेको उक्त कार्यक्रमका कार्यक्रम संयोजक तथा मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षक प्रशिक्षक युबराज बोहोराले जानकारी गराएका छन् ।

मेची आँखा अस्पतालले उक्त कार्यक्रम झापा जिल्लाको गौरादह नगरपालिकाका विद्यालयबाट असोज ७ गतेदेखि  सुरुवात गरी असाजे २३ गते सम्ममा  १२ वटा विद्यालयमा  शिविर सम्पन्न भैसकेको र ५००० विद्यार्थीको आँखा परिक्षण गरिसकिएको  छ । 

कार्यक्रमको पहिलो चरणको अन्तिम शिविर अन्तर्गत गौरादह नगरपालिकाको श्री डोरामारी माध्यमिक विद्यालयका २३४ विद्यार्थीको आँखा जाँच गरिएकोमा ९ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको छ । ८ जना विद्यार्थीलाई  थप उपचारका लागि मेची आँखा अस्पताल बिर्तामोड  रिफर गरिएको थियो ।   

आगामी दिनको कार्यक्रमका लागि गौरिगन्जपालिका बनियानी र दमक नगरपालिकामा कार्यक्रम गर्न सम्झौता भैसकेको र यस परियोजना अन्तर्गतको कार्यक्रम भारतपछि नेपालको झापा र सुनसरी जिल्लामा पहिलो पटक  सन्चालन हुँदैछ ।

झापा र सुनसरी जिल्लामा कार्यक्रम सफल भएपछि नेपालका सबै जिल्लामा परियोजना सन्चालन गरिने कार्यक्रमको लक्ष्य रहेको मेची आँखा अस्पतालका प्रशासकीय प्रमुख सुरज रौनियारले जानकारी दिएका छन् ।

कार्यक्रमलार्इ प्रभावकारी बनाउन सहजिकरणका लागि अर्बिस ईन्डियाका कार्यक्रम निर्देशक ऋषिराज बोराहा ,अर्बिस रिच परियोजना नेपालका कार्यक्रम ब्यबस्थापक अभिषेक झा ,नेपाल नेत्र ज्योती संघका प्रोग्राम एसोसिएट रन्जन झा ,मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा पुरुसोतम जोशी ,रिच प्रोजेक्ट मेचीका कार्यक्रम ब्यबस्थापक प्रसान्त श्रेष्ठ ,मेची आँखा अस्पताल प्रशाशक सुरज कुमार रौनियारसहित १८ जनाको प्राबिधिक टोलि शिविर सन्चालनार्थ खटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ