arrow

पाएँ त खाएँ नगरौं, यसरी खाऔं मासु 

‘दशैंमा नखाए कहिले खाने ?’

logo
प्रकाशित २०७५ असोज ३० मंगलबार
meat-die.jpeg

काठमाडौं । चाडबाड आयो कि जतिसक्यो बढी खाने भन्ने चलन नेपाली समाजमा छ । अझ दशैंका बेलाको कुरै बेग्लै । धेरै नखानु भन्ने सुझाव कसैले दियो भने पनि जवाफ आउँछ – ‘दशैं हो दशैं, दशैंमा नखाए कहिले खाने ?’

तर ख्याल गरौं जथाभावी खाँदा समस्यामा परिएला । दशैका बेला मासुका परिकार खाइरहनुभएको छ भने अझ बढी ख्याल गर्नुस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ । धेरै खाँदा भने स्वास्थ्यका लागि दुर्दिन आइपर्छ ।

मासु पौष्टिक आहार मानिन्छ । यसमा प्रोटिन पाइने हुँदा शारीरिक विकासमा सहयोग गर्छ । तर कति खाने ? धेरै प्रोटिनयुक्त खानेकुराले फाइदा हुनुको सट्टा हानी गर्छ । 

मासु बढी खाँदा शरीरमा उच्च रक्तचाप र युरिक एसिड बढाउँछ । दिनमा प्रतिव्यक्ति एक पाउभन्दा थोरै मासु खाए पनि शरीरलाई चाहिने प्रोटिन भरपुर पुग्ने चिकित्सकहरु बताउँछन् । 

एक व्यक्तिले एक पाउभन्दा थोरै खाँदा नै फाइदा पुग्ने चिकित्सक राय छ । मासुलगायतका खानपानमा हेलचेक्र्याई गर्दा दशैंमा झाडापखाला र खाद्य विषाक्तता (फुड प्वाइजन) का साथै उच्च रक्तचाप हुने, कोलेस्ट्रोल बढ्ने हुन्छ ।

पशुको टाउको, आन्द्राभुँडी र रक्ति सेवन भने नगर्न चिकित्सकहरु सुझाव दिन्छन् । पशुको विकारयुक्त चिज नै ती अंगमा हुन्छ । पशुमा लागेको रोग तिनै अंगमा बढी हुने भएकाले त्यसलाई बर्जित नै गरिएको हुन्छ । 

मनपरी ढंगले मासु र मदिरा खाने गर्दा अस्वस्थ बनाउने सम्भावना हजार गुणा हुने चिकित्सकहरुको चेतावनी छ । चिकित्सकहरु मासु खाँदा फरक नपर्ने तर अति भए खती हुने भएकाले कम प्रयोग गर्न सुझाव दिन्छन् । 

धेरै चिल्लो, तारेको, पोलेको अर्थात् सेकुवा खाँदा उच्च रक्तचाप बढाउँछ । हृदयाघात एवं मस्तिष्कघात हुने सम्भावना पनि बढ्दै जान्छ । 

मसलेदार, चिल्लो एवं गुलियोका साथै मदिरा सेवन गर्दा उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहले पिरोल्ने सम्भावना रहेकोले खानपिनमा सजग हुनुपर्ने चिकित्सकको सुझाव छ ।

खसीबोका, राँगा, भेडाको मासुलाई रातो मासुका रूपमा लिइन्छ । तर यी जनावर रोगका भण्डार हुन् । सावधानी आफै अपनाए मात्र रोग लाग्दैन । पाएँ त खाएँ गर्ने कि सचेत हुने त्यो तपाईको काममा भर पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ