arrow

सलमानलाई ज्यान लिने धम्की

१६ फेब्रुअरीमा पुलिस नियन्त्रण कक्षामा एक अज्ञात व्यक्तिले फोन गर्दै सलमानको ज्यान लिने धम्की दिएको हो ।

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
salmankhan-newpic.jpg.jpeg
मुम्बई । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बई पुलिसका अनुसार १६ फेब्रुअरीमा पुलिस नियन्त्रण कक्षामा एक अज्ञात व्यक्तिले फोन गर्दै सलमानको ज्यान लिने धम्की दिएको हो । पुलिसले यो घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रहरीले उक्त फोन फर्जी कल हुन सक्ने अनुमान पनि लगाएको छ । तर पनि प्रहरीले यो मामलामा रिस्क लिन नचाहेको बुझिएको छ । प्रहरीले उक्त व्यक्तिले फोन गरेको स्थान पत्ता लगाए पनि यो विषयमा कुनै पनि निवेदन कतै दायर भएको छैन । 

केही समय अघि सलमान खान र फरहान अख्तर जस्ता कलाकारलाई अन्डरवल्र्डबाट हप्ता माग्नका लागि धम्कीको फोन आउन थालेको जनाइएको थियो । जसविरुद्ध कारवाहीका लागि सलमानले क्राइम ब्राञ्चमा निवेदन दिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ