arrow

थाहा पाउनुभयो युट्युव डाउन भएको?

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
youtube-down.jpg

काठमाडौं। भिडियो सेयरिङ प्लेटफर्म युट्युवमा समस्या आएको छ। संसारमै दोस्रो धेरै प्रयोगकर्ता भएको युट्युव बुधवार समस्या देखिएको हो। 

बुधवार करिव ३० मिनेट भन्दा बढी युट्युव चलेको थिएन। संसारभरका प्रयोगकर्ताहरुले अचानक युट्युवमा समस्या आएपछि के भएको भन्दै युट्युवलाई प्रश्न गरेका थिए। 

युट्युव चलाउन खोजेनहरुले बुधवार आफ्नो ब्राउजरमा '500 Internal Server Error' र ' 503 Network Error ' लेखिएको देखेका थिए। 

युट्युव डाउन भएको जानकारी सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले लेखेका थिए। युट्युवले आफ्नो ट्वीटर ह्याण्डलबाट युट्युवका बारेमा गरिएको रिपोर्टका लागि धन्यवाद दिदै आफूहरु समस्या समाधामा लागिपरेको बताएको थियो। केहि समय सेवा अवरुद्ध हुन पुगेकोमा युट्युवले क्षमा याचना पनि गरेको छ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताको संख्या बढ्दो क्रममा रहेको छ। हालैका महिनामा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सञ्जालको पनि  सेवा अवरुद्ध भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ