arrow

गरीव र पहुँचविहीनका लागि निःशुल्क शल्यक्रिया शिविर  

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
health-sewa.jpg

धनकुटा । गरिब असहाय भई शल्यक्रिया गर्न नसकी रोगको पीडा सहेर बसेका पहुँचविहीन रोगीहरुको शल्यक्रिया गर्नका लागि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटा अस्पतालमा संचालन गर्न विभिन्न समितिहरु गठन गरिएको छ ।
  
अमेरिकी विशेषज्ञ डाक्टरहरुद्धारा गरिने गरिब असहाय तथा पहुँच नभएर स्वास्थ्य उपचार गर्न नसकेर रोगको पीडामा बाँच्न बाध्य भएकाहरुका  लागि कार्तिक ५ गतेदेखि कार्तिक १७ गतेसम्म शल्यक्रिया संचालन गर्नका लागि मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न समितिहरु गठन गरी परिचालन भएको हो ।

 पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति, नरेन्द्र पोखरेलको संयोजकत्वमा रक्तसंचार तथा एम्बुलेन्स समिति, दोण गुरागार्इंको संयोजकत्वमा आर्थिक समिति, उपेन्द्र खनालको संयोजकत्वमा सरसफाई, सहायक प्रमुख जिल्ला अधिकारी नरहरि खतिवडाको संयोजकत्वमा सुरक्षा तथा यातायत, पुरेन्द्रलाल श्रेष्ठको संजोकत्वमा आवास तथा भोजन, डा अभिताप ठाकुरको संजोजकत्वमा आन्तरिक शल्यक्रिया तथा आन्तरिक व्यवस्थापन, सुनिलकुमार डंगोलको संयोजकत्वमा समन्वय समिति, रेणु श्रेष्ठको संयोजकत्वमा स्वागत तथा सत्कार समिति र सो समितिका सदस्यहरु सावित्रा राई, सरोज आठपहरिया, मिलन खड्गी, निर्मला वहिन रहेका छन् । 

यसैगरी डा अमित शाहको संयोजकत्वमा फार्मेसी व्यवस्थापन र विजय सन्तोषी राईको संयोजकत्वमा स्वयंसेवक सचिवालय व्यवस्थापन समिति गठन गरेको छ ।

यसैगरी उक्त शिविरलाई व्यस्थित बनाउनका लागी यस अघिनै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा धनकटा अस्पताल विकास समितिका अध्यक्ष टंकबहादुर चुवानको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।

यस्तैगरी धनकुटा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद राजेन्द्रकुमार राई संयोजक र सदस्यहरु प्रदेश सभा सदस्यहरु सांसद निरन राई, सांसद इन्द्रमणि पराजुली, सांसद लिला सुब्बा, सांसद आर सी तुम्वा, सांसद बिना राई र सांसद कुसुम कुमारी श्रेष्ठ रहेका छन् । 

अमेरिकी तथा नेपालका विषेशज्ञ वरिष्ठ डाक्टरहरुले उक्त निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा पित्तको पत्थरी, पायल्स, हर्निया, हाईड्रोशिल, पाठेघरको शल्यक्रिया, गाँठागुठी, छाला टाँसिएको कोठीको शल्यक्रिया, दाँतको उचपार तथा कृतिम लगाईदिने लगायतका शल्यक्रिया सम्वन्धि सेवाहरु गरिब असहाय विरामीहरुलाई उपलब्ध हुने संयाजक रोशेष श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ