arrow

दिनेश डिसी भन्छन्,–अनमोल केसी अभिनय गर्न जान्दैनन्

'अनमोलको लुक्स राम्रो भए पनि उनी अभिनयमा अब्बल छैनन्'

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
dineshDC3.jpg.jpeg
काठमाडौं । ठूला व्यानरका र ठूला अनुहारका मान्छेले बनाएको फिल्म जुध्दा ती फिल्मबीच प्रमोसनदेखि मिडिया प्रचारबाजीमा प्रतिष्पर्धा हुनु नौलो कुरा होईन् । तर प्रचारकै क्रममा ती फिल्मले एकअर्काका कलाकारदेखि फिल्म युनिटसम्मको खुलेर आलोचना गर्ने गरेको चाहिँ कमै मात्र पाइन्छ । 

आगामी फागुन २१ गतेबाट अल नेपाल रिलिज हुन लागेको दुई फिल्म ‘ड्रिम्स’ र ‘फूलै फूलको मौसम तिमीलाई’को प्रचारलाई यस्तै रुपमा लिन सकिन्छ । भुवन केसीले निर्देशन गरेको अनमोल केसी अभिनित ड्रिम्स र दिनेश डिसीले निर्देशन गरेको आमेश भण्डारी र नीता ढुंगाना अभिनित फिल्म फूलै फूलको मौसम तिमीलाईको प्रचारमा उत्रिएका निर्देशकहरु एकअर्काको आलोचनामै समय खर्चिईरहेका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक डिसीले अनमोल केसी अभिनय गर्नै नजान्ने कलाकारका रुपमा परिभाषित गरे । ‘म अनमोलको फ्यान हुँ, तर उनको अभिनयको भन्दा पनि अनुहारको फ्यान हुँ, अनमोलको लुक्स राम्रो भए पनि उनी अभिनयमा अब्बल छैनन्, जुन फिल्मको ट्रेलरबाट पनि प्रष्ट हुन्छ,’निर्देशक डिसीले भने,‘बरु अनमोलको भन्दा पनि मेरो हिरोको अभिनय दमदार छ, ट्रेलरमा उनको प्रस्तुति नै राम्रो देखिएको छ ।’

उनले फिल्म भनेको अनुहारबाट भन्दा पनि अभिनयबाट चल्ने भएकाले आफ्नो फिल्मले राम्रो व्यापार गर्ने दाबी गरे ।  त्यसो त भुवनले बढी बोल्दैमा फिल्म नचल्ने भन्दै निर्देशक दिनेशको आलोचना नगरेका होईनन् । मिडिया पब्लिसिटी र जनसम्पर्कमा राम्रै पहुँच बनाएका यी दुई अनुहारका फिल्महरुमा कसले कस्तो व्यापार गर्ने हो त्यो त दुई सातामै थाहा हुनेछ, तर प्रचारप्रसारमा यी दुई प्रतिष्पर्धा भने मिडियाका लागि राम्रै मसला बनिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ