arrow

हुवावेको तीन लेन्ससहितको रेयर क्यामेरा भएका तीन स्मार्टफोनहरु सार्वजनिक

logo
प्रकाशित २०७५ असोज ३१ बुधबार
huawei_mate_20_pro.png

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले बेलायतको लण्डनमा आयोजित कार्यक्रममा हुवावेले आफ्नो मेट सेरिजका स्मार्टफोनहरु सार्वजनिक गरेको हो । 

कम्पनीले आफ्नो हुवावे मेट २०, हुवावे २० प्रो र मेट एक्स गरी तीन स्मार्टफोनहरु सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको स्मार्टफोनहरुमा तीनओटा लेन्स भएको रेयर क्यामेरा रहेको छ । मेट २० प्रोमा फिंगर प्रिन्ट प्रविधिको प्रयोग गरिएको छ भने हुवावे मेट २० एक्समा ७.२ इन्चको डिस्प्लेको प्रयोग गरिएको छ । 

हुवावे मेट २० एक्स स्मार्टफोनमा ७.२ इन्चको डिस्प्लेको प्रयोग गरिएको छ । साथै यसमा हुवावे एम पेनको प्रयोग गर्न सकिन्छ । स्मार्टफोनका साथै हुवावेले आफ्नो नानो एसडी कार्ड पनि सार्वजनिक गरेको छ । यो एसडी कार्ड सामान्य एसडी कार्डको तुलनामा केही सानो रहेको बताइएको छ । 

अहिले सार्वजनिक गरिएका स्मार्टफोनहरुमध्ये हुवावे मेट २० मा ४ र ६ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेजको दुई वारियन्टमा यो स्मार्टफोन बजारमा आउन लागेको हो । हुवावे मेट २० प्रोमा भने ६जीबी र्‍याम र १२८ इन्टर्नल स्टोरेज दिइएको छ । लण्डनमा सार्वजनिक गरिएको यो स्मार्टफोन अन्य मुलुकहरुमा भने कहिले सार्वजनिक गरिने भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । यी दुवै स्मार्टफोनहरु विभिन्न ५ रङमा बजारमा आउने बताइएको छ । 

अहिले सार्वजनिक गरिएका ३ वटै स्मार्टफोनहरु एन्ड्रोइड भर्सन ९.० पाइमा चल्नेछन् । यिनीहरुमा ४–५ हजार एमएएचका ब्याट्रिहरु प्रयोग गरिएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ