arrow

छोरासँग रेखा थापाको छमछमी(भिडियो)

गीतमा रेखा थापा, नवनायिक आभाष अधिकारी र आस्मा डिसीले फिचरिङ गरेका छन् ।

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
Rekha.jpg.jpeg
काठमाडौं । आगामी चैत्र २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको रेखा थापाको फिल्म ‘रामप्यारी’को डान्सिङ नम्बर गीत ‘छम छम पाउजुहरु’ सार्वजनिक भएको छ । रेखा फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको गीतमा थानेश्वर गौतम र माण्डवी त्रिपाठीको स्वर छ । गीतमा थानेश्वरको संगीत छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा रेखा थापा, नवनायिक आभाष अधिकारी र आस्मा डिसीले फिचरिङ गरेका छन् । फिल्ममा सबिन श्रेष्ठको पनि अभिनय छ । आभाष रेखाकी दिदीको छोरा हुन् ।

सबिर श्रेष्ठको निर्देशनमा रेखाकी आमा सरस्वती थापाले निर्माण गरेको फिल्ममा अर्जुन जिसीको सम्पादन र शिव ढकालको छायांकन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ