arrow

सामसुङको नाफा उच्च 

logo
एजेन्सी,
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
samsung-company.jpg

सोल। सामसुङ इलेक्ट्रोनिक्सले सन् २०१८ को तेस्रो त्रैमासिकको नाफा अहिलेसम्मकै सबैभन्दा उच्च रहने अनुमान गरेको छ। कम्पनीको मेमोरी चिप्सहरुको माग अन्तर्राष्ट्रिय बजारमा अत्यधिक रहेको कारण कम्पनीको नाफा उच्च रहने अनुमान गरिएको हो। कम्पनीले यो अवधिमा करिब १५ अर्ब ५० करोड डलरबराबरको नाफा हासिल हुनसक्ने बताएको छ। 

सामसुङले अहिले सार्वजनिक भएको नतिजासँगै सामसुङको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २० दशमलव ४ प्रतिशतको वृद्धिदर हासिल भएको पाइएको हो।

अहिले कम्पनीले सार्वजनिक भएको प्रतिवेदनमा यसअघि विश्लेषकहरुले अनुमान गरेको भन्दा सुधारको देखिएको छ। चिप्सको व्यापारमा देखिएको महत्वपूर्ण सुधारको कारण सामसुङको आम्दानी उल्लेख्य रहन गएको हो।

अघिल्लो वर्ष सामसुङ कम्पनीले चिप्सको व्यापारमा इन्टेललाई पछि पारेको थियो। कम्पनीले सेप्टेम्बर महिनासम्मको तीन महिनामा व्यापार छ सय ५० खर्ब दक्षिण कोरियन वोन रहेको छ। यो प्रतिफल अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार दशमलव ८ प्रतिशतले वृद्धि हो।

दक्षिण कोरियन कम्पनीले पछिल्लो केही समयमा व्यापक मात्रामा आम्दानीमा सुधार हासिल गरिरहेको विवरणले देखाएको छ। मेमोरी चिप्सको साथै कम्पनीको मोबाइलको व्यापार पनि सो महिनामा उल्लेख्य रहेको उक्त प्रतिबेदमा उल्लेख छ। यद्यपि केही विद्युतीय सामग्रीहरुमा आएको गिरावटले भने आगामी दिनमा सामसुङ समस्यामा पर्नसक्ने विश्लेशन गरिएको छ।

सामसुङका चिप्सहरुले कम्पनीको समग्र कार्यगत नाफाको करिब ८० प्रतिशतको हिस्सा ओगट्ने गरेको छ। रोएटर्सले खिएको जानकारी अनुसार गत जुलाई महिनामा कम्पनीको मोबाइलको व्यापारमा भने केही चुनौती देखिएको थियो। यो समस्याको कारण कम्पनी आर्थिक हिसाबमा केही सामान्य गिरवावट पर्नसक्ने अनुमान विश्लेषकहरुको रहेको थियो। यद्यपि कम्पनीले आर्थिक क्षेत्रमा महत्वपूर्ण सुधार हासिल गरेको हो।

कम्पनलिे अनुमान गरिएभन्दा कमजोर ग्यालेम्सी ९ स्मार्टफोनको व्यापार गरेको थियो। पछिल्लो समय सामसुङ एप्पल तथा चिनियाँ प्रतिस्पर्धी कम्पनीहरुसँगको तीव्र प्रतिस्पर्धाको मारमा रहेको छ। विशेषगरी हुवावेसँग कम्पनीको निकै ठुलो प्रतिस्पर्धा देखिएको छ। केही समयअघि मात्र हुवावे विश्वको दोस्रो सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनी बन्न पुगेको छ।

सन् २०१६ मा सामसुङ ग्यालेक्सी नोट ७ मा देखिएको खराबीको कारण कम्पनीले विश्वव्यापीरुपमा आफ्ना स्मार्टफोन फिर्ता गरेको थियो। जसको कारण उसलाई अर्बौंको नोक्सानी भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ