arrow

बुध ग्रहका लागि उड्यो जापान र युरोपको रकेट

logo
प्रकाशित २०७५ कार्तिक ३ शनिबार
euro-japan_rocket.jpg

काठमाडौं । सूर्यभन्दा सबैभन्दा नजिक रहेको ग्रह बुधको अनुसन्धानका लागि जापान तथा युरोपले शनिबार आफ्नो रकेट पठाएका छन् । संयुक्तरुपमा उनीहरुले बेपी कोलोम्बो नामबाट निर्माण गरिएको रकेट दक्षिण अमेरिकाबाट बुध ग्रहका लागि प्रक्षेपण गरिएको हो । 

बुध ग्रहमा पुग्नका लागि यो रकेटका लागि ७ वर्ष लाग्नेछ । यो रकेट पृथ्वीमा फर्केर आएपछि भने यो ग्रहको विषयमा रहेका सबै भ्रमहरु टाढा हट्ने विश्वास लिइएको छ ।  वैज्ञानिकहरुले सौर्य मण्डलको उत्पत्तिको सिद्धान्त बुध ग्रहमा किन मिल्दैन भन्ने प्रश्नको उत्तर पनि यो मिसनले दिने बताएका छन् । 

युरोपियन र जापनी अन्तरिक्ष अनुसन्धान केन्द्रहरुले संयुक्तरुपमा पहिलो पटक बुध ग्रहको मिसन अघि सारेका हुन् । अमेरिकाले यस विषयमा यसअघि नै आफ्नो खोज सुरु गरिसकेको छ । 

अहिलेको रकेटले बुधको विषयमा धेरै विवरणहरु पठाउनसक्ने बताइएको छ । अहिले पठाइएको रकेटले सन् २०२५ सम्ममा बुध ग्रहमा पुग्नसक्ने बताइएको छ । यो ग्रह सूर्यबाट केवल पाँच करोड ८० लाख किलोमिटर टाढा रहेको छ । यो योजनाका लागि करिब १ अर्ब ६५ करोड युरो बराबरको रकम लगानी गरिएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ