arrow

सिन्धुपाल्चोकको विद्यालयमा धुर्मुस सुन्तली क्लब

धुर्मुस सुन्तली सरसफाई अभियानलाई सहयोग गर्न भन्दै सिन्धुपाल्चोकका दुई वटा विद्यालयका विद्यार्थीहरुले क्लब गठन गरेका हुन् ।

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
Dhurmussuntali-club.jpg.jpeg
काठमाडौं । सिन्धुपाल्चोकका विद्यालयहरुमा धुर्मुस सुन्तली क्लब गठन हुन थालेका छन् । धुर्मुस सुन्तली सरसफाई अभियानलाई सहयोग गर्न भन्दै सिन्धुपाल्चोकका दुई वटा विद्यालयका विद्यार्थीहरुले क्लब गठन गरेका हुन् । मेलम्ची नगरपालीका ६ मा रहेको प्रगति अंग्रेजी माध्यमीक विद्यालय र मेलम्ची सामूदायिक विद्यालयमा क्लब गठन गरिएको हो ।

उक्त क्लबले आफ्नो कक्षा कोठाको सरसफाई आफैँले गर्ने निर्णय गरेका छन् । आफ्नो टोल समाज सफा गर्न पनि उनीहरु सक्रिय हुने अपेक्षा गरीएको छ । अभियानमा सहयोग गर्न भन्दै हेटौँडामा नवोदय बाल क्लब गठन भएको थियो । त्यसलगत्तै महोत्तरीमा पनि क्लब गठन भएको छ । अन्य ठाउँमा क्लब गठन भएपछि सिन्धुपाल्चोकमा पनि धुर्मुस सुन्तली सरसफाई सहयोगी क्लब गठन गरिएको कृष्णप्रसाद घिताल (धताल चिरिच्याट्टले जानकारी दिएका छन् ।

धुर्मुस सुन्तली सरसफाई अभियानलाई सफल बनाउनका लागि अन्य थुप्रै जिल्लाहरुमा पनि यस्ता क्लब गठन हुने तयारी र घोषणा हुने क्रम जारी छ । अहिले सक्रिय रहेका क्लबहरुलाई पनि अभियानमा सहयोग गर्नका लागि सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले आग्रह गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ