arrow

बबी डार्लिङले १५ वर्षे कान्छो प्रेमीसँग गरिन् गुपचुप विवाह

सन् २०१० मा बबीले आफ्नो लिंग परिवर्तन गराएकी थिईन् ।

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
boby.jpg.jpeg
मुम्बई । लिंग परिवर्तन गरेर पंकज शर्माबाट बबी डार्लिङ बनेकी कलाकार पाखी रखले प्रेमी रमणीक शर्मासँग गुपचुप विवाह गरेकी छन् । समाचार अनुसार भोपालका कुशल व्यापारी रहेका रमणीकसँग गत ११ फेब्रुअरीमा गुपचुप तरिकाले उनले विवाह गरेकी हुन् ।

उनीहरुको विवाहमा दुवैजनाका साथीभाई तथा परिवार उपस्थित थिए । विवाह पछि दुवैले भोपालमै अपार्टमेन्ट पनि लिएका छन् । उनीहरु चाँडै नै त्यहाँ सर्दैछन् । बबीले आफु भन्दा १५ वर्षे कान्छो रमणीकसँग विवाह गरेकी हुन् ।

सन् २०१० मा बबीले आफ्नो लिंग परिवर्तन गराएकी थिईन् । बबीले चर्चित टेलिभिजन रियालिटी शो ‘बीग बोस’को पहिलो सिजनमा सहभागिता जनाएकी थिईन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ