arrow

गुजरात पुगेर ओलीले भने,‘ भुज जस्तै छिट्टै नेपालमा पुनःनिर्माण’

ओलीले भुजमा भएको पुनःनिर्माण अभियानबाट आफू प्रभावित मात्र नभई धेरै सिकेको भन्दै आफ्नो भुजसँग साईनो गासिएको बताए ।

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
Newdelhi-welcomein-gujrat-(3).JPG.jpeg
गुजरात । भुकम्प पछिको पुनःनिर्माणको नमुनाको रुपमा रहेको भारतको गुजरात राज्यको भुजमा गएर प्रधानमन्त्री केपी शर्मा ओलीले भुजको जस्तै नेपालमा पनि छिट्टै पुनःनिर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । भुजको भिमासर जिल्लामा आयोजना गरिएको कार्यक्रममा बोल्दै ओलीले भुजमा भएको पुनःनिर्माण अभियानबाट आफू प्रभावित मात्र नभई धेरै सिकेको भन्दै आफ्नो भुजसँग साईनो गासिएको बताए ।

उनले आफू बुद्ध र पशुपति नाथको देशबाट आएको उल्लेख गर्दै ऋषि मुनीको देश नेपालको भ्रमण गर्न निम्ता पनि गरे । ओली आफूलाई जन्मदिनको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी आमाले शुभकामना दिएको उल्लेख गर्दै मोदीले मात्रै नभई मोदीको जन्मभूमि गुजराजमा समेत आफूलाई स्वागत भएकोमा खुसी ब्यक्त गरे ।

आफ्नो भ्रमणले नेपाल भारत सम्बन्ध नयाँ उचाईमा पुगेको उल्लेख गर्दै उनले भने,‘ नेपाल भारत सम्बन्ध गाढा छ, हरेक क्षेत्रमा छ, छुट्टीनै सकिदैन । अनुहार र भाष पनि एउटै छ । मैले गुजरातमा नेपाली पन देखे । उनले  नेपालमा समावेशी संविधान जार िभएपछि अब विकास र पुनःनिर्माणको यूग सुरु भएको भन्दै भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आब्हान गरे ।

प्रधानमन्त्रीले भुजमा रहँदा त्यहाँका जनताहरुलाई भेट्नुका साथै पुनःनिर्माण भएका घर घरमा गएर त्यसको अवलोकन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ