arrow

गान्धी विचारबाट मात्र एकता सम्भव : डा.महत 

logo
प्रकाशित २०७५ कार्तिक ५ सोमबार
mahata-gandhi.jpg

जोधपुर। नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले महात्मा गान्धीले देखाएको अहिंसा र शान्तिको मार्गबाट मात्र एकता सम्भव रहेको बताएका छन्। 

गान्धी पिस फाउन्डेसन, साउथ एसियन फ्राटर्निटी र मिरा फाउण्डेनद्वारा भारतको जोधपुरमा सोमबार आयोजना गरिएको ‘दक्षिण एसियामा सांस्कृतिक विविधता, शान्ति र न्याय’ विषयक चार दिने कार्यशालालाई सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले दक्षिण एसिया विश्वकै सबैभन्दा उच्च जनघनत्व भएको र सांस्कृतिक, भाषिक, भौगोलिक विविधता भएको क्षेत्र हो भने।

पूर्व परराष्टमन्त्री समेत रहेका डा.महतले अहिंसा, शान्ति र न्यायपूर्ण व्यवस्थापनबाट मात्र विविधतामा एकता कायम हुनसक्ने र दक्षिण एसियाली देशहरुभित्र पारिवारिक सहयोग र शान्तिपूर्ण तरिकाबाट विवादहरुको समाधान उपयुक्त बाटो हुने धारणा राखे।

सहमहामन्त्री डा.महतले नेपालमा शान्तिपूर्ण आन्दोलनबाट नै समावेशी लोकतान्त्रिक संविधान जारी गर्न सम्भव भएको तर संविधानको कार्यान्वयन गर्न चुनौती रहेको बताए। 

महात्मा गान्धीले देखाएको अहिंसा र शान्तिको मार्गबाटै विविधताको बीचमा एकता, न्यायपूर्ण शासन र समृद्धि सम्भव हुने पनि उनले बताए। उक्त गोष्ठीमा वरिष्ठ गान्धीवादी विचारक सतपाल ग्रोबरलगायत विभिन्न अग्रणी व्यक्तित्वहरुले आफ्नो बिचार राखेका थिए। 

उक्त गोष्ठीमा डा.महतसहित नेविसंघका केन्द्रीय सदस्य तथा इजु उपाध्यक्ष मदन भण्डारी र नेविसंघ भारतका महामन्त्री सूर्य न्यौपाने नेपालको तर्फबाट सहभागिता जनाए। 

उक्त गोष्ठीमा नेपाल र भारतसहित दक्षिण एसियाका विभिन्न देश तथा भारतका विभिन्न प्रान्तहरुबाट विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति तथा संघसंस्थाहरुको सहभागिता रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ