arrow

नेपाल र काँग्रेसको झण्डाको साथमा मनाईयो साईप्रसमा दशैं

logo
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
cyprush_nepal.jpg

काठमाडौं । नेपालीहरुको महानपर्व विजयादशमी नेपाल मात्रै नभएर नेपाल बाहिर पनि धुमधामका साथ मनाईएको छ । युरोपियन युनियन भित्र पर्ने युरोपियन मुलुक साईप्रसमा पनि नेपालीहरुले धुमधामका साथ दशै मनाएका छन् । 

नेपाली जनसम्पर्क समिति साईप्रसको आयोजनामा भएको सो दशैं विशेष कार्यक्रममा समितिकी अध्यक्ष सीता अर्यालले समितिको अध्यक्षको हैसियतमा ५० जना भन्दा बढी नेपालीहरुलाई टीका लगाएकी थिईन् । आईतबार साईप्रसको पाफोसको सीता पार्कमा आयोजित एक विशेष कार्यक्रममा ४ दर्जन भन्दा बढी नेपालीहरुले जमरा र रातो टीका लगाएर दशैं मनाएको समितिकी अध्यक्ष सीता अर्यालले जानकारी दिईन् । अर्यालको सक्रियतामा आयोजित कार्यक्रममा नेपालको झण्डा र नेपाली काँग्रेसको झण्डा बोकेर नेपाली चेलीहरु कार्यक्रममा आएका थिए । 

साईप्रसमा रहेका नेपालीहरुलाई एकीकृत गर्दै सबैका समस्यालाई समेटेर नेपाल सरकार मार्फत् साईप्रस सरकारसम्म माग प्रस्तुत गर्ने उद्देश्य सहित स्थापित नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा समेत रहेको सो समितिले नेपालीहरुले मनाउने प्रायः सबै पर्वहरु यस्तैगरी भेटघाट गरेर मनाउने गरेका छन् । 

यो वर्षको दशैं शुक्रबार नै भएपनि सबैको विदा शुक्रबार मिलाउन गाह्रो पर्ने भएकोले द्वादशीको दिन आईतबार सबै भेला भएर दशैं उत्सव मनाएको अध्यक्ष सीता अर्यालले जानकारी दिईन् । यस्ता कार्यक्रमहरु मनाउनाले सबै नेपालीहरुको एकताको भावना मात्रै नभएर परदेशको ठाउँमा कसैले पनि नरमाईलो अनुभव गर्नुपर्ने अवस्था समेत सिर्जना नहुने भएकोले यस्ता कार्यक्रमहरु सधैं चलिरहने अर्यालले बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ