arrow

तिब्बत जोड्ने सडक निर्माण कार्य रोकियो

सडक आयोजनाको कार्यलय मार्फत सुरु गरीएको काम ५ किलोमिटर ट्रयाक नखोल्दै पुन वन्द भएको छ ।

logo
शैलेन्द्र रोकाया, बझाङ
प्रकाशित २०७२ फागुन ११ मंगलबार
Bajhang-hamrakura.jpg.jpeg
बझाङ सदरमुकाम चैनपुरबाट ८५ किलोमिटरको दुरीमा रहेको चीनको स्वशासित क्षेत्र तिव्बत जोड्ने सडकको निमार्ण कार्य रोकिएको छ । यस सडक आयोजनाको निमार्णका लागी गत आर्थिक वर्षमा छुट्टयाइएको रकम अनुसार काम हुन नसक्दा ४ करोड रकम फ्रिज गएको र भर्खरै स्थापना भएको सेती लोकमार्गको कार्यलयलाइ सडक निमार्णको जिम्मा दिइएका कारण निमार्ण कार्य सुरु हुन कम्तीमा २ वर्ष लाग्ने अधिकारीहरुले बताएका छन । 

२०६२ सालमा निमार्ण कार्य सुरु भएको यस आयोजनाको १० वर्षमा २५ किलोमिटर ट्रयाक खोल्नेकाम मात्र भएको छ । यस सडकको चैनपुर रुवातोला खण्डको १८ किलोमिटर विकेन्दीकृत पुर्वाधार तथा जिविकोपार्जन कार्यक्रम (ड्रिलिप) ले २०६८ सालमै निमार्ण सम्पन्न गरेको थियो । रुवातोला देखी माथीको खण्डमा काम सुरु हुने बेला स्थानिय दुइ गाँउका बासिन्दाहरु विच सडक कता बाट लैजाने भन्ने विषयमा विवाद भए पछि एक वर्ष सम्म निमार्ण कार्य अवरुद्ध भएको थियो । विवाद समाधान हुन नसके पछि सर्बदलिय बैठकले निर्णय गरी ड्रिलिप आयोजना नै यस सडकमा काम नगर्ने गरी जिल्लाको दक्षिणी भेग थलारामा सारिएको थियो । 

ड्रिलिपले काम गर्न छोडेपछी जयपृथ्वी वहादुर सिहं मार्ग सडक आयोजनाको कार्यलय मार्फत सुरु गरीएको काम ५ किलोमिटर ट्रयाक नखोल्दै पुन वन्द भएको छ । समयमै ठेक्कापट्टाको काम हुन नसक्दा गत वर्ष विनियोजन भएको पुरै रकम बरावरको काम नभएको र ४ करोड रकम फ्रिज गएको जयपृथ्वी बहादुर सिह मार्ग सडक आयोजनाका जिल्ला इन्जिनियर रामकुमार देवले जानकारी दिए  । 

रकम अभावका कारण यस वर्ष निमार्णको लागी रकम विनियोजन नहुदा काम सुरु हून नसकेको र यो वर्षवाट निमार्णको काम सेती लोकमार्गलाई जिम्मा दिइएकोले बाँकीकाम सेती लोकमार्गले नै अगाडी वढाउने उनले बताए । उता सेती लोकमार्ग सडक योजनाका प्रमुख तथा डिभिजन सडक कार्यलयका जिल्ला इन्जिनियर अरुणमणि रिमालले यस वर्ष डोटी र अछाम जिल्लामा मात्र निमार्णको काम भैरहेको जानकारी दिदै चैनपुर ताक्लाकोट सडक खण्ड निमार्ण सुरु गर्न  कम्तीमा दुइ वर्ष पखिर्नु पर्ने बताए ।

टिकापुरबाट अछाम हुदै बझाङ सदरमुकाम चैनपुर देखी  ताक्लाकोट सम्म जोड्ने सेती लोकमार्गको लम्बाई अन्दाजी ३ सय १० किलोमिटर रहेको छ । यसमा टिकापुर देखी चैनपुर सम्मको लम्बाई २ सय २५ किलोमिटर रहेको र यो क्षेत्रको सडक निमार्ण सम्पन्न नभए सम्म चैनपुर ताक्लाकोट खण्डको निमार्ण कार्य सुरु हुन नसक्ने जिल्ला इन्जिनियर रिमालले बताए ।

आयोजना सुरु भए देखी नै विभिन्न खालका विवादको कारण निमार्ण कार्यमा ढिलाई हुदै आएको यस आयोजनाको काम बिचमा नै बन्द भएकोमा बझाङीहरुले निराशा व्यक्त गरेका छन ।  नबनियुक्त रक्षा मन्त्री भिम रावले एक महिना अगाडी सुदुरपश्चिममा विभिन्न ठाँउको भ्रमणका क्रममा बझाङ ताक्लाकोट नाका छिट्टै खुलाउनका लागी सरकारले पहल गरिरहेको वताएका थिए । यो सडक निमार्ण भए पछी हिन्दुहरुको पवित्र धार्मिक स्थल कैलास मानसरोवर जाने सबै भन्दा छोटो बाटो हुने , तिब्बतको व्यापारीक केन्द्र ताक्लाकोट सँग सुदुर र मध्य पश्चिमको व्यापारीक सम्बन्ध स्थापित हुने छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ