arrow

वल्र्ड लिंकको रिपिटर टावरमा तोडफोड, छ जिल्लामा इन्टरनेट सेवा अवरुद्ध

logo
रासस,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
worldlink1.jpg

सल्यान। वल्र्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ। वल्र्ड लिंक इन्टरनेटको कपुरकोट–३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ।

टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ। दशैँ मनाउन चौकीदार घर गएको मौका छोपी अज्ञात समूहले टावरभित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तार काटी रेडियो उपकरण झिकेर लगेको वल्र्ड लिंकका सल्यान प्रतिनिधि सनतकुमार शर्माले जानकारी दिए। घटनाबारे इलाका प्रहरी कार्यालय कपुरकोटले अनुसन्धान गरिरहेको जनाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ