arrow

‘भारतले चिनेन नेपाली झण्डा’, यो मान कि अपमान् ?

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
nepal-flag-FNL.jpg.jpeg
काठमाडौं । भारतको राजकिय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार भूकम्प पछीको पुनःनिर्माणको नमुनाको रुपमा रहेको भारतको गुजरात स्थित भुजमा गएर अवलोकन गरे । तर, त्यही भुजमा प्रधानमन्त्रीको सत्कारका लागि राखिएको नेपालको झण्डाको चरित्र हत्या गरेको अवलोकन गर्न भ्याए वा भ्याएनन् । प्रधानमन्त्रीको भारत भ्रमण अघि भारतका विश्लेषकहरुले ओलीलाई तास नभई चेस खेल्न चुनौती दिँदा भारतले राष्ट्राध्यक्षको सम्मान दियो ।
 
तर, त्यो सम्मानमा कहीँ न कँही हेपाहा प्रवृत्तिको रंग देखियो । रातो र चन्द्र सूर्य झण्डाको आकार प्रकार भत्किने गरी ठाउँ–ठाउँमा टाँगिएका झण्डाले नेताको मान मर्दन नहोला तर, नेपाल र नेपालीको मान मर्दन पक्कै हुन्छ । ‘होइन, हाम्रो रातो र चन्द्र सूर्य झण्डाको आकारप्रकार यस्तो हो र ?।’ देवेन्द्रराज भट्टराईले ट्वीट गरेका छन् । 
 
प्रधानमन्त्री ओलीले भुजको जस्तै नेपालमा पनि छिट्टै पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । जानकारहरु भन्छन्, ‘भुजमा आफुहरुको मान मर्दन भएको ख्या पाएका छैनन् ओलीले । नेपाल फर्किएपछि मात्रै महसुस गर्ने छन् ।’ आफ्नो भ्रमणले नेपाल भारत सम्बन्ध नयाँ उचाईमा पुगेको उल्लेख गर्दै ओलीले  नेपाल भारत सम्बन्ध गाढा छ, हरेक क्षेत्रमा छ, छुट्टीनै सकिदैन–भनेका छन् । अनुहार र भाषा पनि एउटै छ । मैले गुजरातमा नेपाली पन देखे । ओलीले त्यही विगारेको झण्डामुनी बसेर नेपालमा समावेशी संविधान जारी भएपछि अब विकास र पुनःनिर्माणको यूग सुरु भएको भन्दै भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आब्हान गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ