arrow

सम्पर्कविहीन भएका पाँचैजना सकुशल

पाँचजनालाई खोजीका लागि परिचालन भएको स्थानीयवासीको टोलीले सम्पर्कमा ल्याएको

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
Myagdi-hamrakura.jpg.jpeg
म्याग्दी। जिल्लाको उत्तरी नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण साउथ आधार शिविर क्षेत्रमा गएको सुख्खा पहिरोको कारण सम्पर्कविहीन भएका पाँचै जना सम्पर्कमा आएका छन् । भीषण सुख्खा पहिरोबाट फैलिएको धुलोको कारण जङ्गल गएका स्थानीय पाँचजना सम्पर्कविहीन बनेका थिए । पहिरो खसेकै घलेम्दी खोलाको मुहानतिर निगालो काट्न गएका पाँचजनालाई खोजीका लागि परिचालन भएको स्थानीयवासीको टोलीले सम्पर्कमा ल्याएको र उनीहरु सकुशल रहेको घलेम्दीखोला जलविद्युत् आयोजनाका इन्जिनियर विष्णु थापाले जानकारी दिए । 

निगालो काट्न गएराति नै जङ्गल क्षेत्रमा गएका नारच्याङ–५ का टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, सोही गाविस ६ का हुकुम पुन र ४ का टरबहादुर फगामी सम्पर्कमा आएको उनले बताउनुभयो । 

यसैबीच सुख्खा पहिरोको कारण गएरातिदेखि फैलिएको धुलोको मुस्लो अझै रोकिएको छ्रैन । चौतर्फी फैलिएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार, बेग र दोवा गाविसको जनजीवन प्रभावित बनाएको सीमा प्रहरी चौकी भुरुङतातोपानीका प्रहरी नायब निरीक्षक परशुराम जोशीले बताए । 

पहिरो गएको ठाउँ वरपर धुलोले हिँड्डुल गर्नसमेत समस्या भएको छ । पहिरोको निरीक्षण गर्न गएको प्रहरी र नेपाली सेनाको टोली धुलोले गर्दा सम्बन्धित ठाउँमा पुग्न सकेको छैन । धुलोको कारण स्थानीय विद्यालयमा पठनपाठनसमेत प्रभावित बनेको छ भने निर्माणाधीन घलेम्दीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम रोकिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ