arrow

बबाल भयो ‘झिझिया नाइट’ कार्यक्रम

logo
सुरेन्द्र सिंह
प्रकाशित २०७५ कार्तिक ७ बुधबार

जनकपुरधाम। युवाहरुको सक्रियतामा कला र सँस्कृतिको जगेर्नाका साथै प्रवद्र्धन गर्ने हेतुले जनकपुरधाममा ‘झिझिया नाइट’ कार्यक्रम भब्यपूर्वक सम्पन भएको छ। मंगलवार जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा भएको  झिझिया नाईटमा गाउँ–गाउँबाट महिलाहरुको झिझिया टोली  सहभागि रहेका थिए। मंगलबार अपरान्ह ५  बजेदेखि राति ८ बजेसम्म भएको कार्यक्रममा बिभिन्न  ग्रामिण भेग बाट भएकी महिलाहरुले आ(आफ्नो शैलीमा नृत्य देखाएका थिए।

‘हाम्रो कला र सँस्क़ृति सबै भन्दा पुरानो छ तर अहिलेका युवापुस्ता त्यसबारे बेखबार छन्, हाम्रो प्राचीन संस्क़ृतिबारे जानकारी दिन र युवालाई पनि यसको हिस्सा बनाउन हामीले यो कार्यक्रमको आयोजना गरेका  हौँ ।’ कार्यक्रमको आयोजक  श्यामसुन्दर सशीलेले भने।

बोक्सी हुँदैन भनेर यस्तो अन्धविश्वासलाई राज्यले निषेध गरेको भए पनि बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि भन्दै यो नृत्य गर्न छाडिएको छैन। 

यसको बनावट र स्वरूपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैंटो त्यसकै नमुना हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ