arrow

चुहिने भवनबाटै स्वास्थ्य सेवा, सेवाग्राही डराइ डराई सेवालिन वाध्य

logo
तृप्ती शाही,
प्रकाशित २०७५ कार्तिक ७ बुधबार

बैतडी। बैतडीको सिगास गाउँपालिका वडा नम्बर ९ चौखामस्थित चौखाम स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा सेवा प्रवाहमा समस्या भएको छ। २०५३ सालमा स्थापना भएको ३ कोठे भवन पानी पर्दा चुहिने गरेको गरेको स्वास्थ्य चौकी ईन्चार्ज हेमन्तसिंह साउदले बताए। स्वास्थ्य चौकी ईन्चार्ज साउदका अनुसार भवनको सबै कोठामा, झ्याल, ढोकामा पनि धमीरा लागेको छ।

जीर्ण रहेको भवन भत्कीन सक्ने अवस्थामा रहेको छ। टिनले छाएको स्वास्थ्य चौकीको भवन जीर्ण हुदाँ स्वास्थ्य चौकीमा पुग्ने बिरामीहरुलाई गुणस्तरीय सेवा दिन नसकिएको स्वास्थ्य चौकी ईन्चार्ज साउदले बताए। ज्यान जोखीममा राखेर आफुहरुले बिरामीको उपचार गर्नु परिरहेको उनले बताए। साथै स्वास्थ्य चौकीमा भएका प्रसुती टेवल, प्रसुती गराउन प्रयोग गरिने उपकरणहरु पनि खियाँ लागेको अवस्थामा रहेका उनले बताए। स्वास्थ्य चौकीको यो अवस्थामा सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन सकिने अवस्था नरहेको उनकोे भनाई छ।

स्वास्थ्य चौकीमा पानीको समेत समस्या रहेको छ। २४ सै घण्टा पानी चाहिने स्वास्थ्य चौकीमा ३/४ दिनमा एक दिन मात्र पानि आउने गरेको छ। स्वास्थ्य चौकीमा पानीको समस्याले प्रसुती सेवा दिन असहज भएको ईन्चार्ज साउदको भनाई छ। यस्तै स्वास्थ्य चौकीमा बिरामी चेक जाचँको लागी चाहिने सामान्य अत्यावश्यक उपकरण थर्मोमीटर, रक्त्त चाप, तौल नाप्ने उपकरण समेत बिग्रीएको स्वास्थ्य चौकी ईन्चार्ज साउदले बताए।

केही दिन अघी मात्र आफु चौखाम स्वास्थ्य चौकी प्रमुख भएर चौखाम पुगेको बताउदै उनले आवश्यक सामाग्रीको अभावले बिरामीको उपचार गर्न समस्या भएको बताए। साथै स्वास्थ्य चौकीका यी समस्याहरु समाधानका लागि सम्बन्धीत निकायलाई उनले आग्रह पनि गरेका छन्। स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा आफुहरुलाई सेवा लिनमा धेरै समस्या हुने गरेको स्थानीय पुष्कर बहादुर चन्दले बताए। भवनको कारण आफुहरु सेवा लिन स्वास्थ्य चौकी जान डराउने गरेको उनको भनाई छ।

स्वास्थ्य चौकीको समस्याबारे वडा अध्यक्ष लक्ष्मी देवी चन्दले वडा कार्यालयलाई अख्तियारी नभएकोले केही गर्न नसकेको बताइन्। उनले गाउँपालिका लगाएतका निकायसंग स्वास्थ्य चौकीको समस्या समाधानको लागी पहल गरिरहेको बताएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ