arrow

विराट गोल्डकपः पुलिस सेमिफाइनलमा, मनाङ स्तब्ध

पहिलो सेमिफाइनलमा सशत्र प्रहरी र झपा–११ काे भिडन्त

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ फागुन ११ मंगलबार
birat-goldcup-FNL.jpg.jpeg
विराटनगर । मनाङ मस्र्याङदी क्लबलाई हराउँदै विभागिय नेपाल पुलिस क्लब विराटनगरमा जारी विराटगोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा पुलिसले बाजी मारेको हो । निर्धारित समयमा दुवै टोली एक–एक गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइमा पुलिसले तीन प्रहार सदर गर्दा मनाङले दुई वटा प्रहार मात्रै सदुयोग गर्न सक्यो । 
 
यसअघि, खेलको ७० औँ मिनेटमा मनाङका विनोद कार्कीले गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयको एक मिनेटैै नेपाल पुलिसका सुजल श्रेष्ठले पेनाल्टी मार्फत गोल फर्काउँदै १–१ को बराबरीमा गरे । थपिएको अतिरिक्त २० मिनेटमा समेत दुबै टोलीबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरमा धकेलिएको हो ।  खेलको म्यान अफदी म्याच नेपाल प्रहरीका गोल किपर रोशन खडका भए । यो संगै सेमिफाइनल समीकरण पुरा भएको छ । वुधबार हुने सेमिफाइनल खेलमा सशत्र प्रहरी र झपा–११ भीड्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ