arrow

विश्वका लोकप्रिय दस खेल

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
football-1.jpg.jpeg
काठमाडौ। जिन्दगीको दौरानमा तपाईले पनि कुनै न कुनै खेल खेल्नु भएकै होला। शारीरिक तथा मानसिक तन्दुरुस्तिको लागि जीवनमा खेलकुदको महत्वपूर्ण स्थान रहेको छ। खेलले मानिसलाई फूर्तिलो बनाउँछ। खेलकुदले चौतर्फी बिकासको लागि प्रत्यक्ष वा अपत्यक्ष रूपमा सहयोग पुर्‍याएको हुन्छ। मानिसहरुले आउटडुवर खेलमा फुटबल, बास्केटबल र क्रिकेटलाई विशेष प्राथमिकता दिएको पाइन्छ। आज हामी तपाईलाई संसारमा धेरै हेरिएको, खेलिएको र आम्दानीको हिसावमा सबैभन्दा लोकप्रिय दस खेलको बारे केही जानकारी दिनेछौ। 
 
१०. गोल्फ
गोल्फ अन्य खेलको बीच संसारमा लोकप्रियताको दसौ स्थानमा पर्दछ। ४० करोड भन्दा धेरै प्रशंसकले यस खेललाई रुचाउने गर्दछन्। गोल्फ विशेषत संयुक्त राज्य अमेरिका, क्यानाडा, युरोपमा यसको लोकप्रियता धेरै रहेको पाइन्छ। पछिल्ला समय यो एसीयामा पनि धेरै खेलिने खेलमा पर्छ। गोल्फ खेल सामान्य मानिसको पहुँच भन्दा माथि धनाढ्य वर्गको खेल मानिन्छ। यसकारण यो धेरै कम मानिसको रुचाइमा पर्ने गर्दछ।
 
९. रग्बी
रग्बी फुटबललाई सामान्यतय रग्बी लीग भन्ने गरिन्छ। यो खेल ठूलो आयताकार घासको मैदान १३ खेलाडिहरुको दुई टीमद्वारा खेलिने खेल हो। रग्बी फुटबल फ्रान्चमा धेरै खेलिने खेलमा पर्छ। स्पेन र फ्रान्चमा यसको गहिरो परम्परागत सम्बन्ध गासिएको छ। १९औं सताब्दीमा अंग्रेजहरुले भित्राएकाले रग्बी दक्षिण अफ्रीकामा पनि धेरै लोकप्रिय खेल मानिन्छ। साथै वेलायतको उपनिवेशका कारण यो खेल अस्ट्रेलिया र न्यूजल्याडमा पनि त्यती नै प्रख्यात छ। यसको लोकप्रियताको आधारमा यो खेल नौ स्थानमा रहेको र करिव ४१ करोड मानिसहरुले यो खेललाई रुचाउने गर्दछन्।
 
८. बेस बल 
बेस बल अमेरिका, जापान, चीन, क्यूबा र डोमिनिकन गणराज्यमा गरी करिव ५० करोड भन्दा बढी प्रशंसकले रुचाइएको खेल आठौँ स्थानमा पर्दछ। बेस बल विशेष गरी विकसित राष्ट्रहरुमा प्रचलिन खेल। यो गेममा ९ वटा खेलाडीहरु हुन्छन्। यसमा ब्याट्स म्यानले ब्याट्स गरिसकेपछि चार वटा होम बेस हुँदै खेलाडी पहिलेकै स्थानमा फर्कनु पर्छ। यो नौ इनिङको गेम हुन्छ। यसमा जो धेरै बेसमा बस्छ उही नै विजेता हुन्छ। तीन जना आउट भइसकेपछि एउटा इनिङ सकिन्छ। यसको ग्राउण्ड डायमण्ड आकारमा हुन्छ।  यसको ग्रांउण्ड लगभग १ सय २० मिटरमा फैलिएको हुन्छ।
 
७. टेबल टेनिस
टेबल टेनिसलाई सामान्य भाषामा “पिंग पोंग” पनि भनिन्छ। यो यस्तो खेल हो जसमा दुई वा चार खेलाडीले हल्का गोलो आकारको बललाई टेबल टेनिस राकेटको माध्यामले खेल्ने गरिन्छ। यसलाई एउटा कडा काठको टेवलमा नेटद्वारा विभाजन गरी खेलिने खेल हो। बिश्वभर नै खेलने खेल टेबल टेनिस एशिया, यूरोप, अफ्रीका र अमरिकामा गरी करिव ९० करोड प्रशंसकले रुचाइने खेलमा टेबल टेनिस पर्दछ। यो संसारमा लोकप्रियताको हिसावले सातौ स्थानमा पर्छ।
 
६. भलिबल
विश्वभरमा ९० करोड जनसंख्याले रुचाइएको खेल भलिबल एशिया, यूरोप, अफ्रीका, अमेरीका र अस्ट्रेलीयामा समेत लोकप्रिय खेलको रुपमा लिइन्छ। भलिबल एक टिमयुक्त खेल हो जसमा ६ जना खेलाडिलाई दुई टिममा नेटको माध्यामबाट विभाजित गरिएको हुन्छ। धेरै देशमा खेलिने हुनाले यो खेल लोकप्रियताको आधारमा छैटौ स्थानमा पर्दछ।
 
५. टेनिस
लोकप्रियताको आधरमा पाँचौ स्थानमा पर्ने खेल हो टेनिस। संसारमा एक अर्व भन्दा बढीले रुचाउने खेल टेनिस मुख्यत एशिया, यूरोप, अमेरीकामा बढी प्रख्यात छ। यो खेल साधारणतय  एक-एक अथवा दुई-दुई वक्तिहरु विच खेल्ने खेल हो। यस खेलमा र्‍याकेट प्रयोग गरिन्छ।  यो घर भित्र वा बाहिर दुवै स्थानमा खेल्न सकिन्छ।
 
४. हकी
हकी संसारमा सवा दुई अर्वले रुचाउने चौथो लोकप्रिय खेलमा पर्दछ। हकी परिवारको टीमको खेल हो। यो  खेल घासको मैदान अथवा कृत्रिम घासको मैदानमा खेल्न सकिन्छ। प्रत्येक टीममा गोलकीपर सहित ११ खेलाडि रहेका हुन्छन्। १८औ शताब्दीमा शुरुवात भएता पनि २१औ शताब्दीमा यो खेलले अलि चर्चा पाउन थालेको हो। यसको प्रचलन मुख्य रूपमा पश्चिमी यूरोप, भारतीय उपमहाद्वीप र अस्ट्रेलियामा भएको हो। हकी पाकिस्तानको राष्ट्रीय खेल हो र सामान्यतय भारतको पनि राष्ट्रीय खेलको रूपमा राखिएको छ यद्यपि आधिकारिक रूपमा भारतको कोई राष्ट्रीय खेल छैन। हकी क्यानडा, अमेरिका, पूर्वी यूरोप र विश्वका अन्य ठाँउमा लोकप्रिय हुदै गएको पाइन्छ। यूरोप र अमेरिका भने आइस हकी खेला धेरै प्रचलीत हुदै गएको छ।
 
३. बास्केटबल
बास्केटबल एक सामूहिक खेल हो जसमा ५-५ जना खेलाडीको दुई समूह खेलको नियममा रही बास्केटबलको रिङ्गको माथिबाट बल छिराउँदै खेल्ने गर्छन। बास्केटबल विश्वको सर्वाधिक चर्चित तथा लोकप्रिय खेलमा तेस्रो स्थानमा पर्दछ। करिव २ देखि ३ अर्व पशंसकहरु यस खेललाई रुचाउद छन्। यो संसारभर खेलिने खेल भएता पनि विश्वमा अमेरिका, क्यानाडा फिलपीन्समा मने धेरै लोकप्रिय खेलको रुपमा लिन्छन्।
 
२. क्रिकेट
क्रिकेट ब्याट र बलले खेल्ने सामुहिक खेल हो। यो हाल संसारकै सबैभन्दा रुचाइएको खेल हो। यस खेलका मुख्यत तीन प्रकार हुन्छन्: पाँच दिनको (टेस्ट), एक दिवसीय (वान डे) र २०-२० क्रिकेट। यसको मुख्य नियन्त्रक संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद हो। यो खेल खुला मैदानमा रहेको पिचमा खेलिन्छ। क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भएको मानिन्छ। 
 
सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भएको क्रिकेटले सत्रौँ सताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान खिचेको हो। इतिहासअनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्ने र अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि विकेटको प्रवेश भयो र त्यसपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप पाएको हो।
 
विश्व जगतमा क्रिकेट लोकप्रियताको हिसावमा दोस्रो स्थानमा पर्दछ। यस खेललाई करिव ३ अर्व मानिसले रुचाउने गर्दछन्। यो संसारभर खेलिने खेल हो। यद्यपि यो दक्षिण एशियामा धेरै लोकप्रिय छ। यो इङ्गल्याण्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका प्रतिनिधिहरूद्वारा सन् १९०९ मा शाही क्रिकेट सम्मेलन रूपमा स्थापित गरिएको थियो। सन् १९६५ मा अन्तर्राष्ट्रिय क्रिकेट सम्मेलन नाम राखे जुन सन् १९८९ सम्म कायम रहयो। यस परिषदमा हाल अस्ट्रेलिया, इङ्ग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज, जिम्बाब्वे, श्रीलङ्का र बङ्गलादेश सदस्य रहेका छन्। यसका २३ वटा सहसदस्य र १३ वटा मतहती संस्थाहरू छन्।
 
१. फुटबल
फुटबललाई सकरको नामले पनि चिनिन्छ। यो संसारकै लोकप्रिय खेलहरु मध्ये पहिलो स्थानमा पर्दछ। यस खेललाई दुई सय देशका २५ करोड खेलाडीले खेल्ने गरेकाले पनि यो संसारमा सवैभन्दा लोकप्रिय खेलको रुपमा प्रचिलित छ। जस कारण ४ अर्व मानिसहरुले यस खेल रुचाउने गर्दछन्। 
 
यो एउटा सामुहिक खेल हो र यसलाई ११/११ खेलाडीहरुको दुई समुह बीच खेल्ने गरिन्छ। फुटबललाई सामान्यतय एउटा आयताकार घाँस वा कृत्रिम घाँस भएको मैदानमा खेलिन्छ जसको अन्तिममा एउटा गोलपोस्ट हुन्छ। खेलाडीहरु द्वारा विरोधी समुहको गोलपोस्टमा आफ्नो चालाकीले भकुण्डोलाई गोल गर्नु नै यस खेलको उद्देश्य हो। खेलमा गोलरक्षक नै एउटा मात्र यस्तो खेलाडी हुन्छ जसले भकुण्डोलाई रोक्न अथवा बचाउनका लागि आफ्नो हात प्रयोग गर्न अनुमति हुन्छ।
 
आधुनिक फुटबललाई इङ्गल्याण्डमा द फुटबल एसोसिएशन (फुटबल संघ)को गठन संगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको लव्ज अफ द गेम (खेलको कानून) को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ। अन्तर्राष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण (फेडरेशन इन्टरनेशनेल डी फुटबल एसोसिएशन) वा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ जसलाई संक्षेपमा FIFA वा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ ले गर्छ। फुटबलको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय र लोकप्रिय प्रतियोगिता फिफा विश्व कप हो जसको आयोजन प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ। यस प्रतियोगितालाई व्यापक रूपमा सम्पूर्ण विश्व मा हेर्ने गरिन्छ र यसको दर्शक ग्रीष्मकालीन ओलम्पिक खेलहरु लाई हेर्ने दर्शकहरुको लगभग दुई गुणा बढी हुन्छ।
 
इन्टरनेटको विभिन्न साइटबाट साभार 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ