arrow

ए७ सार्वजनिक गर्ने तयारीमा ओप्पो, यस्ता छन् विशेषता 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
oppo_A7.png

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता ओप्पोले नयाँ स्मार्टफोन ए७ बजारमा ल्याउने तयारी गरेको छ । आधिकारिकरुपमा सार्वजनिक हुनुभन्दा पहिला नै यसको विषयमा केही महत्वपूर्ण विवरणहरु सार्वजनिक भएका छन् । 

स्मार्टफोनहरुको विवरण सार्वजनिक गर्ने वेबसाइट टिनाले यो स्मार्टफोनको आधिकारिक तस्बिर पनि सार्वजनिक गरेको छ । अहिले सार्वजनिक भएको विवरणले यो स्मार्टफोनमा ड्युअल लेन्स रेयर क्यामेराका साथै फिंगरप्रिन्ट स्क्यानर पनि रहनसक्ने देखिएको छ । 

के के छन् विशेषता ? 

ओप्पो ए७ मा ६.२ इन्चको एचडी एलसीडी डिस्प्ले हुनेछ । स्मार्टफोनको स्क्रिनको रेजुलेसन १५२०×७२० पिक्सल रहनेछ । यो स्मार्टफोनमा क्वालकोम स्न्यापड्रयागन ४५० प्रोसेसरको प्रोसेसरको प्रयोग गरिएको छ । स्मार्टफोनमा ३ वा ४ जीबी र्‍यामको विकल्प हुनसक्ने बताइएको छ । यसमा ३२ जीबीको इन्टर्नल स्टोरेज रहेको छ । 

यसमा २४६ जीबीसम्मको माइक्रो एसडी कार्डको प्रयोग गर्नसकिन्छ । यसमा १३ मेगापिक्सलको मुख्य र २ मेगापिक्सलको सेन्सर क्यामेरासहितको ड्युअल क्यामेराको प्रयोग गरिएको छ । साथै यसको फ्रन्ट क्यामेराको प्रयोग गरिएको छ । 

यसमा ४२३० एमएएचको ब्याट्रि प्रयोग गरिनसक्ने अनुमान गरिएको छ । एन्ड्रोइड भर्सनको यो स्मार्टफोन ८.१ ओरियोमा चल्नेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ