arrow

व्यापारयुद्धले एक महिनामा प्रविधिक्षेत्रमा १० खर्ब डलरको नोक्सानी 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
trump-xi1.png

काठमाडौं । विश्व प्रविधि सेयरमा अक्टोबर महिनामा करिब १० खर्ब डलर अर्थात ९ प्रतिशतको नोक्सानी भएको छ । चीन र अमेरिकाबीचको व्यापारयुद्धको कारण माग कमजोर बनेसँगै विश्वको प्रविधि क्षेत्र सुस्ताएको हो । 

एक करोड डलरभन्दा बढी मूल्यांकन भएका १७०१ कम्पनीहरुको विवरण अनुसार उनीहरुको बजार मूल्य अक्टोबर १ मा ११६ खर्ब ४० अर्ब डलर रहेकोमा अक्टोबर २३ सम्म झरेर १०५ खर्ब ५८ अर्ब डलरमा आइपुगेको हो । 

यद्यपि प्रविधि कम्पनीहरुको सेयरमा यसअघि भने व्यापक मात्रामा वृद्धि भएको देखिएको थियो। उनीहरुको सेयर मूल्य सन् २०१३ को तुलनामा दोब्बर बनेको थियो । विशेषगरी फेसबुक, एप्पल, अमेजन, नेटफ्लिक्स र गुगलको सेयरमा भने यस महिनासम्ममा ३.५ गुणाले बढेको थियो । 

अक्टोबर महिनामा सेयरमा देखिएको गिरावट भने निकै ठुलो रहेको देखिएको छ । प्रविधिको क्षेत्रमा देखिएको कमजोर व्यापारिक नतिजा तथा आगामी दिनमा थप गिरावट आउन सक्ने भन्दै लगानीकर्ताहरु सशंकित देखिएको कारण यस किसिमको गिरावट देखिएको हो । 

यस किसिमको गिरावट आउनुको प्रमुख कारण भने अमेरिका र चीनले एकअर्कामाथि लगाएको जस्तालाई त्यस्तै किसिमको करको कारण प्रविधिको क्षेत्र समस्यामा परेको हो । गत मार्च महिनादेखि चीन र अमेरिकाको बीचमा यस किसिमको समस्या देखिँदै आएको छ । 

विश्लेषकहरुले भने वर्षको अन्तिम तीन महिनाको अवधिमा प्रविधिको क्षेत्र थप कमजोर बन्नसक्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ