arrow

एक क्विन्टल चरेस सहित तामाङ पक्राउ

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
charesh.jpg.jpeg
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भौंराटार गाविसबाट एक क्विन्टल चरेससहित सिन्धुपाल्चोक गाती गाविसका तुलाराम तामाङलाई सोमबार राती पक्राउ गरेको छ । पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले दिएको जानकारी अनुसार तामाङ वा.५च. ५०४ नम्बरको पिकअप भ्यानका चालक रहेका थिए । तामाङलाई आज प्रहरीले सार्वजानिक गरेको हो । 
 
गोप्य सूचनाको आधारमा प्रहरीको गस्ती टोलीले जिल्लाको भौराटार भएर भारततर्फ लैजान लगिरहेको अवस्थामा उक्त परिमाणको चरेससहित ढुवानीमा प्रयोग भएको भ्यान र चालक पक्राउ गरेको थियो । पक्राउ परेका चालक तामाङबाट रु ५० हजार नगदसमेत बरामद गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ