arrow

लागु औषध र चरेससहित ४ केटा २ केटी पक्राउ

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
chares-@@.jpg.jpeg
काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यका विभिन्न शंकास्पदस्थानमा आकस्मिक चेकजाँचका क्रममा लागु औषध र चरेससहित केही व्यक्तिलाई पक्राउ गरेको छ  । मंगलबार काठमाडौं महानगरपालिका–१२ भोटेवहालस्थित बाटोमा शंकास्पद अवस्थामा हिडिरहेका व्यक्तिलाई चेकजाँच गर्दा ६ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवा पठाइएको बताइएको छ ।
 
पक्राउ पर्नेहरुमा कामपा–१३ कालिमाटीका २४ वर्षीय दिनेश शाही, कामपा–१२ टेकुका ३७ वर्षीय दिल कृष्ण खड्की, काभ्रेपलाञ्चोक कटुन्जे घरभई हाल कलंकी बस्ने २१ वर्षीय आले लामा, कामपा–११ त्रिपुरेश्वरका १९ वर्षीय छितिज महर्जन, सोही ठाउँ बस्ने नुवाकोट कुवापानीकी १६ वर्षीया शर्मिला तामाङ र त्रिपुरेश्वरमै बस्ने दक्षिणकालीकी १९ वर्षीया रोशी श्रेष्ठ छन् । 
 
पक्राउ परेकाहरुबाट लागु औषध चरेश ८ दशमलव १२ ग्राम र एम्पुल, नुर्फिम, डाइजापाम र फिनारोगन समेत गरी ९ थान बरामद गरिएको महाशाखाले जारी गरेको विज्ञप्तीम उल्लेख छ । यद्यपि, काठमाडौंमा चरेको कारोबार गर्ने गिरोहलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । किलोका हिसावले चरेस कारोबार गर्ने गिरोह खुलेआम सार्वजनिक सवारीसाधनमा हिंडिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ