arrow

महिलामाथि दुर्व्यवहारको मुद्दामा गुगलका ४८ कर्मचारी निकालिए

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
sundar-pichai.jpg

काठमाडौं । गुगलका सीईओ सुन्दर पिचाईले विहिबार कम्पनीबाट पछिल्लो २ वर्षमा कम्पनीका ४८ कर्मचारीलाई यौन दुर्व्यवहारको मामिलामा निकालिएको बताएका छन् । 

यसअघि न्युयोर्क टाइम्सले गुगलले आफ्ना ३ प्रमुख कार्यकारी कर्मचारीहरुलाई यौन दुर्व्यवहारको मुद्दामा बचाइरहेको विवरण सार्वजनिक गरेको थियो । यो समाचारको जवाफ दिने क्रममा पिचाईले यस्तो बताएका हुन् । 

पिचाईले दिएको जवाफमा पछिल्लो दुई वर्षको अवधिमा कम्पनीले यौन दुर्व्यवहारको मामिलामा १३ वरिष्ठ अधिकारीहरुसहित ४२ जनालाई रोजगारीबाट निकालेको उल्लेख गरिएको छ । 

पिचाईले यद्यपि यसरी निकालिएका कसैलाई पनि उपदान भने नदिइएको बताएका छन् । गुगलले आगामी दिनमा यस किसिमको मुद्दाको लागि आन्तरिक उपकरणको प्रयोगको तयारी भइरहेको बताएको छ । 

न्युयोर्कलाई पठाइएको जवाफमा गुगल आफ्नो कार्यक्षेत्र कर्मचारीहरुका लागि काम गर्न सबैभन्दा राम्रो स्थान रहेको देखाउनका लागि प्रतिबद्ध रहेको र कसैले गल्ती गरेको खण्डमा उसलाई तत्काल कारबाही हुने उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ