arrow

ट्वीटरको प्रयोगकर्ताको सङ्ख्या घट्दै नाफा भने बढ्दै 

logo
एएफपी,
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
twitter.png

वासिङ्टन। सामाजिक सञ्जाल ट्वीटरले आर्थिक बर्षको तेस्रो त्रैमासिकमा अपेक्षा गरेभन्दा धेरै राम्रो नाफा र कर उठाउन सफल भएको जनाएको छ।

ट्वीटरको सान फ्रान्सिस्को समूहले सात अरब ८९ करोड अमेरिकी डलर नाफा निकालेको छ। गत बर्षको सोही अवधिमा ट्वीटरले २१ करोड अमेरिकी डलरको क्षति ब्यहोरेको थियो। यस बर्ष ट्वीटरले २९ प्रतिशत बढी राजस्व जम्मा गरी सात अर्ब ५८ करोड अमेरिकी डलर उठाउन सफल भएको छ।

ट्वीटरले गरेको नाफासँगै यसको सेयर ‘प्रि मार्केट ट्रेड’ मा १२ प्रतिशतले बढेको छ। ट्वीटर प्रयोगकर्ताको सङ्ख्या बजारमा कमी देखिएको अवस्थामा ट्वीटरले पाएको आर्थिक सफलतालाई अर्थपूर्ण मानिएको छ।

ट्वीटरका औषत सक्रिय प्रयोगकर्ताको सङ्ख्या पहिलो त्रैमासिकमा ३३ करोड ५० लाखबाट घटेर पछिल्ला तीन महिनामा औषत ३२ करोड ६० लाख बनेको बताइएको छ। कम्पनीले प्रयोगकर्ताको कमी हुनुमा नक्कली र अनाधिकारिक सदस्यहरूमाथिको छानविन तथा कार्बाहीको प्रयास भएको जनाएको छ।

यूरोपेली यूनियनमा हालै लागू गरिएको गोपनीयता सम्बन्धि कानूनका कारण पनि सदस्य सङ्ख्यामा प्रभाव परेको ट्वीटर कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ