arrow

क्यानल सेन्टर आवासीय माध्यमिक विद्यालयमा आगजनी

logo
अंगद यादव,
प्रकाशित २०७५ कार्तिक १० शनिबार
aaglagi-boarding.jpg

नवलपरासी पश्चिम। पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा नम्बर २ महलबारीमा रहेको क्यानल सेन्टर आवासीय माध्यमिक विद्यालय आगजनी भएको छ। 

गए राती विद्यालयको अफिस कोठाका सामग्री आगलागीबाट पूर्णरुपमा जलेर नष्ट भएको छ।बिहान लगभग ६ बजेको समयमा अफिस कोठाबाट धुँवा निस्किएको देखि हेर्न जादा सवै जलेर नष्ट भैसकेको विद्यालयका प्रिन्सिपल सागर पाण्डेले बताए।

आगलागीबाट अफिस कोठामा रहेको विद्यालयका सम्पूर्ण डकुमेन्ट, प्रोजेक्टर, लेमिनेशन मेशिन, फोटोकपी मेशिन, कम्प्युटर, सिसिटिभि क्यामेरा, रेकर्डिङ्ग हार्ड डिस्क, सिपियू, मोनिटर पुराना मार्कसिट, सर्टिफिकेट, ३ वटा दराज, सोफासेट र वाईफाईको सेट लगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको प्रिन्सिपल पाण्डेले जानकारी दिए।

२०५२ सालमा स्थापना भएको क्यानल सेन्टर माध्यमिक विद्यालयको अफिस कोठामा आगलागी भएकोले विद्यार्थीहरुका र विद्यालयका सम्पूर्ण रेकर्डहरु कागजात समेत जलेर नष्ट भएको पाण्डेले बताएका छन्। 

आगलागी के कति कारणले भएको बारे अनुसन्धान भइरहेको कुडिया प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ